fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ बुद्ध एयर २४औं वर्षमा प्रवेश

बुद्ध एयर २४औं वर्षमा प्रवेश

बुद्ध एयरले आज २३औं वर्ष पूरा गरेको छ । सन् १९९७ आजकै दिन अर्थात् ११ अक्टोबरका दिन नेपाली आकाशमा बुद्ध एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै सुरुवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो ।

आज २३ वर्ष पूरा गर्दा बुद्ध एयरसँग १३ जहाज, ११०० कर्मचारी तथा लाखौंलाख देशीविदेशी यात्रु जोडिन आइपुगेको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड- १९’ ले हरेक क्षेत्रलाई नराम्ररी प्रभावित गरेको छ । अझ नेपाली आकाशका लागि २४ मार्च ‘कालो दिन’ नै भयो । उडान ठप्प भए पनि जहाजको नियमित मर्मतसम्भार, रेखदेख तथा जनशक्ति सञ्चालन खर्च कटौती गर्न मिल्दैन ।

‘लकडाउन झण्डै ६ महिना रह्यो र आम्दानी पनि शून्य भयो । यस्तो अवस्थामा पनि हामीले ११०० कर्मचारीलाई नियमित रूपमा तलब बाँड्यौं । हाम्रो पहिलो प्राथमिकता नै हरेक कर्मचारीको जीवनयापन सजिलो होस् र हाम्रा जहाजहरुको मर्मतसम्भार रेखदेखमा कुनै पनि अवरोध नआवोस् भन्ने हो । हामीले यस दौरान १ जना कर्मचारी पनि कटौती नगरी आवश्यक सबै तालिमहरु सम्पन्न गर्‍यौं,’ बुद्ध एयरले विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

 बुद्ध एयरले लकडाउनको केही दिनमै संक्रमणरहित र सुरक्षित हवाई सेवा कसरी सञ्चालन गर्ने भनेर ‘सुरक्षा निर्देशिका’ ल्याएकाे थियाे । जुन नेपालमै कोभिड विरुद्धका पहिलो निर्देशिका थियो । कम्पनीले यसलाई अक्षरशः पालना गर्दै हरेक कर्मचारीलाई तालिम तथा सुरक्षा कवच पीपीई प्रदान गरे । यसले महिनौंसम्म काठमाडौंमा मात्र नभई हरेक गन्तव्यमा पूर्वाभ्यास गर्‍यो ।

२१ सेप्टेम्बरबाट उडान सञ्चालन हुने भएपछि बुद्ध एयरले भाडादरमा ठूलो कटौती गरेको छ । निम्नमध्य आय भएका नेपालीले पनि सुरक्षित तथा संक्रमणरहित यात्रा गरून् भन्ने कम्पनीकाे एक मात्र उद्देश्य रहेको विज्ञप्तिमा जनाएको छ ।

आर्थिक चलायमानका सूचकांकमा यात्रुहरुको ओहोरदोहर पनि एक हो । आन्तरिक पर्यटनलाई पुनः गति दिन बुद्ध एयरले पर्यटकीय गन्तव्य पोखरा र चितवनलाई प्रचारप्रसार गर्दै यसको भगिनी संस्था बुद्ध होलिडेजले प्याकेजहरु पनि ल्याएको छ । विदेशीका लागि पनि यी दुई गन्तव्य निकै महत्वपूर्ण छन् । यसलाई सुरक्षित र संक्रमणरहित तरिकाले पर्यटकीय गतिविधि सञ्चालन गर्न सकेको खण्डमा विदेशी पर्यटकलाई पनि आत्मवल पुग्न जाने बुद्ध एयरको विश्वास छ ।

प्रकाशित समय १२:३५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु