fbpx
corona information

गृहपृष्ठ एलजीको अपग्रेड टु हेल्दी लाइफ स्टाइल अफर

एलजीको अपग्रेड टु हेल्दी लाइफ स्टाइल अफर

एलजी नेपालले यो वर्षको चाडपर्वलाई लक्षित गरी अपग्रेड टु हेल्दी लाइफ स्टाइल अफर ल्याएको छ । स्वच्छ रहौं र एलजीसँग अझै धेरै बचत गरौं भन्ने नारासहित ल्याइएको अफरअन्तर्गत एलजीको कुनै पनि घरायसी सामान खरिदमा ४० प्रतिशत छुटका साथै आकर्षक उपहार प्रदान गरिने भएको छ ।

घरायसी सामान खरिद गरी आफ्नो घरमा विशेष परिवर्तन ल्याउन चाहने ग्राहकका लागि यो समय उत्कृष्ट अवसर भएको एलजीले जनाएको छ । एलजीले यस अफरअन्तर्गत ४० प्रतिशतसम्म क्यास ब्याकका साथै घरेलु उपकरणहरु खरिद गर्दा आकर्षक उपहार पनि प्रदान गरेको छ ।

घरेलु उपकरणअन्तर्गत साइड बाई साइड रेफ्रीजेरेटर खरिद गर्दा एलजीको माइक्रोवेभ ओभन, डबल डोर रेफ्रिजेरेटर खरिद गर्दा मिक्चर, आठ किलोसम्मको फ्रन्टलोड वासिङ मेसिन खरिद गर्दा पिजनको गिफ्ट सेट, नौ किलोभन्दा माथि र वासर ड्रायर वासिङ मेसिन खरिद गर्दा पिजनको इन्डक्सन कुकर, टपलोड वासिङ मेसिन खरिद गर्दा पिजनको आइरन, डिस वासर खरिद गर्दा पिजनको गिफ्ट सेट, एसी खरिदमा फ्रि जडान जस्ता उपहार साथै आकर्षक छुट पनि प्रदान गरेको छ ।

साथै टिभी म्युजिक सिस्टम, भ्याकुम क्लिनर, सिंगल डोर रेफ्रिजेरेटर र एयर प्युरिफायरको खरिदमा ४० प्रतिशतसम्म क्यास ब्याक पनि प्रदान गरेको जनाएको छ । यो अफर भदौ २८ गतेदेखि नेपालभर लागू हुने एलजीको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इम्पेक्सले जनाएको छ ।

प्रकाशित समय ०७:३३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु