fbpx
corona information

गृहपृष्ठ परिस्कृत सुरक्षा विशेषतासहित ‘सुपर स्प्लेन्डर’ बजारमा

परिस्कृत सुरक्षा विशेषतासहित ‘सुपर स्प्लेन्डर’ बजारमा

मोटरसाइकल तथा स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले रोमाञ्चक र सुरक्षित श्रेणीका उत्पादनप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै आजबाट अत्याधिक लोकप्रिय सुपर स्प्लेन्डरको नयाँ अद्यावधिक संस्करण बजारमा ल्याएको छ ।

सुपर स्प्लेन्डर अब अझ सुरक्षित र एकीकृत ब्रेक प्रणाली (आईबीएस)सहित थप सुरक्षित भएको छ । आईबीएस एक परिस्कृत सुरक्षा विशेषता हो जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लाग्ने कार्यको वितरणलाई सक्षम तुल्याउँछ । यसले सवारीचालकका लागि सबै परिस्थितिहरूमा अतिरिक्त सुरक्षा सुनिश्चित तुल्याउँछ । सुपर स्प्लेन्डर अब (आईबीएस)सहित देशभरिका हिरोे मोटरसाइकलको आधिकारिक शो रूममा रु. १,९८,००० (सेल्फ ड्रम एलोय व्हील) उपलब्ध हुनेछ ।

सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्र्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आर एन्ड डी केन्द्र)इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको हो । यो बजार प्रवेशसँगै साथ हिरो मोटोकर्र्र्पले आफ्ना ग्राहकहरूलाई प्रिमियम, उच्च-गुणस्तर र सुरक्षित उत्पादनहरू प्रदान गर्ने कुरामा आफ्नो ध्यान केन्द्रित गरेको छ ।

यो बजार प्रवेशका अवसरमा टिप्पणी गर्दै हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले भने, ‘नेपालमा हाम्रा ग्राहकहरूका लागि आईबीएसको साथ सुपर स्प्लेन्डर बजारमा ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ । सुपर स्प्लेन्डर देशको सबैभन्दा लोकप्रिय मोटरसाइकलमध्ये एक हो र यो भावना र ब्रान्डप्रतिको विश्वास यस मोटरसाइकलको लागि मात्र बढ्नेमा हामी विश्वस्त छौं, जुन अब पहिलेभन्दा सुरक्षित छ ।’

आईबीएसको साथ सुपर स्प्लेन्डर

प्रदर्शन

सुपर स्प्लेन्डर विश्वास, विश्वसनीयता र इन्धन दक्षताका अलावा आफ्नो प्रदर्शन र टिकाउपनका सबै बक्समा चिन्हित भएर सबै ब्रान्डमा भिन्न बनेको छ । यो मोटरसाइकल एउटा एयर कुल्ड, फोर-स्ट्रोक एकल सिलिन्डर, १२४.७ सीसी ईन्जिनको साथ आउँदछ, जसले७०० आरपीएममा ६.७२ केडब्लू (९.० बीएचपी)को अधिकतम पावर आउटपुट उत्पादन गर्छ भने ४००० आरपीएममा १०.३५ एनएमको अधिकतम टर्क उत्पादन गर्दछ ।

सवारी र नियन्त्रण

सुपर स्प्लेन्डर ९० किमीप्रति घण्टाको अधिकतम गतिसम्म पुग्छ । यो पनि उपयोगिता र सुविधाहरूको श्रृंखलासँग प्याक गरिएको छ । जस्तै साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च चौडा एलोय व्हील्स, आरामदायक सीट प्रोफाइल, ठूलो क्षमताको इन्धन ट्यांकी (१३ लिटर) र अगाडि ट्यांकीमुनि अतिरिक्त भण्डारणका लागि युटिलिटी बक्सको साथमा ।

भाइब्रेन्ट लुक

सुपर स्प्लेन्डरले अद्वितीय शैलीको-संरचना प्रस्तुत गर्दछ र यो आधुनिक ग्राफिक्सको साथ पाँच प्रिमियम मेटालिक रंगहरूमा आउँछ-ब्ल्याक विथ गे), क्यान्डी ब्लेजिङ रेड, ब्लयाक विथ रेड स्ट्राइप्स, ब्लयाक विथ भ्वाइलेट स्ट्राइप्स र एबोनी ग्रे ।

थप जानकारीका लागि वेभसाइट, फेसबुक पेज र ट्वीटर www.heromotocorp.com | FB: /HeroMotoCorpIndia | Twitter: @HeroMotoCorp मार्फत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १५:१४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु