fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ ग्लोकल स्कूलद्वारा सुरक्षा र सरसफाई प्रोटोकलसम्बन्धी दुईदिने प्रशिक्षण सञ्चालन

ग्लोकल स्कूलद्वारा सुरक्षा र सरसफाई प्रोटोकलसम्बन्धी दुईदिने प्रशिक्षण सञ्चालन

ग्लोकल अफ्टर स्कूलले नेपाल पर्यटन बोर्डको सहकार्यमा सुरक्षा र सरसफाई प्रोटोकलसम्बन्धी दुई दिने प्रशिक्षण सञ्चालन गरेको छ । होटल, ट्राभल एण्ड टुरिज्म उद्योगका सदस्यहरुमा जागरूकता जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको सो अनलाइन प्रशिक्षण आइतबार सम्पन्न भएको हो ।

प्रशिक्षणका क्रममा कोरोना महामारीको अवस्थामा रही कसरी आफ्नो व्यवसायलाई सुरक्षित रुपमा सुचारु गर्न सकिन्छ भन्नेबारे जानकारी गराइएको थियो । यसका साथै प्रशिक्षणमा Fundamentals for Secured Stay & Experience / Digital Marketing का विषय पनि समेटिएका थिए ।

यी उद्योगहरूमा कोभिड- १९ द्वारा सिर्जना अवरोधहरूको वास्तविकतासँगै सहभागीहरूलाई सचेत र जानकारी दिन मात्र नभएर उनीहरूको महत्व बुझ्न र प्रोटोकल कार्यान्वयन गर्न सहयोग गर्न तालिमको थालनी गरिएको हो । तालिममा नेपालका विभिन्न सहर र संगठनका ५ सयभन्दा बढी सहभागी सहभागी थिए ।

प्रकाशित समय १८:२६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु