fbpx
corona information

गृहपृष्ठ डेल्टा डिस्ट्रिब्युटर्सले विश्वप्रसिद्ध लिङलङ टायर नेपाली बजारमा भित्र्यायो

डेल्टा डिस्ट्रिब्युटर्सले विश्वप्रसिद्ध लिङलङ टायर नेपाली बजारमा भित्र्यायो

विश्व प्रसिद्ध कम्पनी लिङलङ ब्रान्डका टायर नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि आधिकारिक वितरकको रुपमा डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले लिङलङ टायर विक्रीवितरण गर्ने भएको छ ।

सोमबार एक कार्यक्रमका बीच सो टायरको औपचारिक रुपमा उद्घाटन गरिएको छ । केही महिनापहिले नै डेल्टा डिष्ट्रिब्युटर्स आधिकारिक वितरकको रुपमा तोकिएको भए पनि लकडाउनका कारण अहिले मात्र टायर नेपाल आइपुगेको हो ।

सन् १९७५ मा स्थापित सान्डोङ लिङलङ टायर कम्पनी लिमिटेड चीनको अत्यधिक टायर उत्पादन गर्ने कम्पनीमध्ये एक हो । चीन र थाइल्यान्डमा यसका उत्पादन प्लान्टहरु रहेका छन् । विश्वका १ सय ८० देशहरुमा यी टायर विक्रीवितरण हुँदै आएको छ । विश्वमा अत्यधिक विक्री हुने १० टायर कम्पनीमा लिङलङ पनि पर्छ ।

पहिलो चरणमा कार तथा ट्रक बस सेगमेन्टमा प्रयोग हुने टायर विक्रीवितरण गर्ने डेल्टा डिस्ट्रिब्युटर्सका निर्देशक विक्रम सिंघानियाले जानकारी दिए । नेपाली सडक सुहाउँदो टायर भएकाले यसले राम्रो बजार हिस्सा ओगट्ने विश्वास लिइएको निर्देशक सिंघानियाले बताए ।

प्रकाशित समय १२:०५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु