गृहपृष्ठ उद्योग वाणिज्य महासंघको चुनावी माहौल : बजार गरम, अफिस नरम

उद्योग वाणिज्य महासंघको चुनावी माहौल : बजार गरम, अफिस नरम

विधानत: वरिष्ठ उपाध्यक्ष नै आगामी अध्यक्ष हुने

आगामी चैत २८ र २९ गते हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको चुनावी लहर तात्दै गएको छ । देशभर ठूला-ठूला फोरमदेखि स-साना चोकहरुमा पनि महासंघको चुनावप्रति सबैले चासो देखाउँदै आएका छन् ।

साधारणसभामा देशभरबाट आउने महासंघका प्रतिनिधिहरुसँग उम्मेदवारहरु देश दौडाहामा निस्किएका छन् । भोट तान्न लबिङ गरिरहेका छन् । उनीहरु चियापसलदेखि चोक-चोकमा चुनावी प्रचारमा जुटिसकेका छन् । आइतबार भएको महासंघको केन्द्रीय समिति बैठकले चैतको अन्तिमलाई चुनावी मिति तोकेपछि उम्मेदवारी दिनेहरु आफ्ना मत सुरक्षित गर्नका लागि बजारकेन्द्रित भएका छन् ।

यता चुनावी माहौ सिर्जना भएको बेला उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालय भने सुनसानजस्तै भएको छ । सदस्यता नवीकरण तथा दर्ता प्रक्रिया र अरु कर्मचारीको दैनिकीबाहेक अरु कुनै चहलपहल छैन ।

सोमबार न्युज कारोबारको टिम महासंघको कार्यालय पुग्दा चुनावी माहौलबारे कसैलाई पनि जानकारी नै नभएजस्तो देखिन्थ्यो । एकजना कर्मचारीले त महासंघको चुनावबारे आफूलाई जानकारी नै नभएको बताए । ‘हिजो अफिस आउन पाइनँ, त्यसैले केही जानकारी नै भएन,’ उनले भने ।

वरिष्ठ उपाध्यक्षको लागि व्यवसायी चन्द्र ढकालको उम्मेदवारी घोषणा भइसकेको छ । भने, किशोर प्रधानले पनि आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् । ढकाल निवर्तमान उपाध्यक्ष हुन् भने प्रधान निवर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छासँग पराजित भएका हुन् ।

हजारौं सदस्य भएको महासंघको कार्यालयमा चहलपहल नभए पनि बजार भने तात्दै गएको छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले ५४औं वार्षिक साधारणसभा काठमाडौंमा गर्ने तय गरिसकेको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको स्वतः अध्यक्ष हुने व्यवस्था भएपछि महासंघको आगामी अध्यक्ष शेखर गोल्छा हुने भएका छन् । गोल्छा यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

अध्यक्ष स्वतः हुने भएपछि वरिष्ठ उपाध्यक्षका लागि तीव्र रुपमा प्रतिस्पर्धा हुने भएको छ । वरिष्ठ उपाध्यक्षको लागि व्यवसायी चन्द्र ढकालको उम्मेदवारी घोषणा भइसकेको छ । भने, किशोर प्रधानले पनि आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् । ढकाल निवर्तमान उपाध्यक्ष हुन् भने प्रधान निवर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छासँग पराजित भएका हुन् । कार्यसमिति सदस्य हुँदै दुवैजना उपाध्यक्षसम्म पुगेका हुन् ।

महासंघका पदाधिकारीहरु सदस्यता नवीकरणको लागि तयारीमा जुटेका छन् । एसोसिएट, वस्तुगत, जिल्ला तथा नगर र राष्ट्रियतर्फबाट गरी जम्मा ७८ जना निर्वाचित हुने महासंघको विधानमा उल्लेख छ । एसोसिएटसबाट १९, जिल्ला तथा नगरबाट १८, वस्तुगतबाट १४, राष्ट्रियबाट १, संस्थापक सदस्यबाट १, सबै प्रदेशबाट ७ जना निर्वाचित हुनेछन् ।

सोमबार न्युज कारोबारको टिम महासंघको कार्यालय पुग्दा चुनावी माहौलबारे कसैलाई पनि जानकारी नै नभएजस्तो देखिन्थ्यो । एकजना कर्मचारीले त महासंघको चुनावबारे आफूलाई जानकारी नै नभएको बताए । ‘हिजो अफिस आउन पाइनँ, त्यसैले केही जानकारी नै भएन,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका डेपुटी निर्देशक केदारराज जोशीका अनुसार हालसम्म एसोसियटतर्फ ९६१ जना, जिल्ला तथा नगरतर्फ ११३ जना, वस्तुगततर्फ १०३ जना, राष्ट्रियतर्फ १२ जना छन् । तीमध्ये जतिले सदस्यता नवीकरण गर्छन् तिनीहरुले मात्र चुनावमा मतदान गर्न पाउँछन् । ‘हामी सदस्यता नवीकरण गर्ने अन्तिम मितिसम्मको नवीकरण संख्या बाहिर टाँस्छौं । त्यहीअनुसार नै उहाँहरु मतदानमा सहभागिता जनाउनु हुन्छ,’ जोशीले भने ।

प्रकाशित समय १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु