fbpx
corona information

गृहपृष्ठ काठमाडौं-विराटनगर रात्रीकालीन उडान पुन:सञ्चालन

काठमाडौं-विराटनगर रात्रीकालीन उडान पुन:सञ्चालन

बुद्ध एयरले काठमाडौंबाट विराटनगरको रात्रिकालीन उडानलाई पुनः सञ्चालन गरेको छ । यसअघि मौसम तथा भिजिविलिटीका कारण उडान स्थगित गरेको थियो ।

आगामी माघ १८ (फेब्रुअरी १) देखि काठमाडौंबाट विराटनगरको उडान साँझ ६ बजे र विराटनगरबाट काठमाडौंको पहिलो उडान बिहान ७:३५ मा हुने भएको छ ।

यो उडानबाट काठमाडौं चाँडै आउने तथा काठमाडौंबाट सबै कामकाज सकि विराटनगर फर्किने यात्रुहरुलाई फाइदा पुग्ने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

कम्पनीको वेवसाईट www.buddhaair.com र मोबाईल एपबाट टिकट खरिद गर्दा आकर्षक छुट पनि पाइने जनाएको छ ।

प्रकाशित समय १३:३५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु