fbpx
Nepal Mediciti

गृहपृष्ठ भक्सवागनको नयाँ कार ‘अमिओ’ बजारमा आउँदै

भक्सवागनको नयाँ कार ‘अमिओ’ बजारमा आउँदै

जर्मन कम्पनी भक्सवागनले नयाँ कार बजारमा ल्याउने भएको छ ।

अमिओ कम्प्याक्ट सेडान मोडलमा जीटी लाइन ट्रिम समावेश नयाँ कार बजारमा आउने भएको हो । अमिओ जीटी लाइनमा यसअघिको पोलो र भेन्टोमा जस्तो न्यू फ्रन्ट ग्रिल र बम्पर डिजाइन चाहिँ छैन । तर यसमा भेन्टो जीटी लाइनमा भएजस्तै कस्मेटिक चेञ्जहरु भने हुने कम्पनीले जनाएको छ ।

यो कार तत्काल नेपालमा नभई भारतीय बजारमा आउन लागेको हो । अमिओको स्पोर्टी भर्जनमा न्यू सनसेट रेड पेन्ट शेड, ब्ल्याक रुफ, क्रोम फिनिस्ड डोर ह्याण्डल्स, फ्रन्ट फेन्डरमा जीटी लाइनको ब्याज, ओआरभिएम कभर्स र बुट लिड स्पोइलर छन् ।

भक्सवागनले भारतीय बजारमा डिजेल अमिओको मूल्य ९.९९ लाख भारु तोकेको छ । पेट्रोल अमिओ जीटी लाइनको मूल्य भने सार्वजनिक भएको छैन । भारतीय बजारमा अमिओ जीटी लाइनको आगमन भएपछि यसले मारुती सुजुकी डिजायर, फोर्ड एस्पायर, हुण्डाइ एक्सेन्ट र होण्डा अमेजजस्ता प्रतिस्पर्धीहरुलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

प्रकाशित समय ०७:५० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु