fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ डाबर नेपालका अनिल पुरीलाई एचआर म्यानेजर अफ दि इयर अवार्ड

डाबर नेपालका अनिल पुरीलाई एचआर म्यानेजर अफ दि इयर अवार्ड

HR_Manager-2019-newskarobar

मानव संसाधन समाज नेपालले वार्षिक रुपमा प्रदान गर्ने एचआर म्यानेजर अफ दि इयर यो वर्ष डाबर नेपालका एचआर कर्पोरेट प्रमुख अनिल पुरी घोषित भएका छन् । मानव संसाधन समाज नेपालद्वारा आयोजित आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ को अवसर पारेर डाबर नेपालका एचआर कर्पोरेट प्रमुख अनिल पुरीलाई सो मानव संसाधनको ‘एचआर म्यानेजर अफ दि ईयर’ अवार्ड दिइएको हो ।

आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले विश्व बजारमा बिक्नसक्ने किसिमको श्रम र जनशक्ति तयार गर्नुपर्ने बताए । उनले श्रम बजारको आवश्यकताअनुसार श्रम विकास गर्नुपर्ने नत्र कतै काम नपाउने अवस्था आउनसक्ने स्पष्ट पारे ।

कार्यक्रममा मानव संसाधन समाज नेपालका अध्यक्ष मोहन ओझाले अहिलेसम्म नेपालमा मानव संसाधनलाई महत्व नदिइएको र सीपयुक्त जनशक्तिको अभाव देखिएको बताए ।

प्रकाशित समय ०७:२२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु