fbpx
Nepal Mediciti

गृहपृष्ठ पेप्सी उत्पादकको नाफा घट्यो

पेप्सी उत्पादकको नाफा घट्यो

Varun_Beverage_NewsKarobar

बहुराष्ट्रिय कम्पनी पेप्सीको नेपाल युनिट, वरुण वेभरेज नेपालले यहाँ सञ्चालनबाट आर्जन गर्ने नाफा घटेको छ । वरुण वेभरेज समूह (भारत)द्वारा सार्वजनिक गरिएको सन् २०१८ को वार्षिक प्रतिवेदनअनुसार उक्त वर्ष कम्पनीले नेपालबाट खुद ६२ करोड ७ लाख रुपैयाँ  (३८ करोड ७६ लाख भारु) नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्ष सन् २०१७ मा ७० करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  गत वर्षको करपूर्वको नाफा भने ९८ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्षमात्र नेपालमा करिब २ अर्ब ८० करोड रुपैयाँ (१ अर्ब ३० करोड भारु) को लागतमा नयाँ बोटलिङ प्लान्ट सुरु गरेकाले नाफा संकुचित भएको हो । नाफा केही घटे पनि कम्पनीको खुद कारोबार विस्तार भइ वार्षिक कारोबार ७ अर्ब रूपैयाँ नाघेको छ ।

भारत, श्रीलंका र नेपाल वरुण वेभरेजका लागि मुख्य राजस्व योगदानकर्ताहरू मुलुकहरू हुन्, यी तीन वटा मुलुकबाट मात्र कुल आयको ८० प्रतिशत राजस्व आय हुने गरेको कम्पनीको प्रतिवेदनमा उल्लेख छ । वरुण वेभरेजले नेपालको युनिटलाई सन् २०१७ को बेस्ट युनिट अफ दि इयर पनि घोषणा गरेको थियो ।

वरुण समूहका कुल आयमा नेपालले २१ दशमलव १० प्रतिशत र कुल नाफामा करिब २० दशमलव ४७ प्रतिशत हिस्सा ओगट्छ ।

नेपालका लागि पेप्सीको आधिकारिक बोटलर्स वरुण वेभरेज नेपालले परासीमा नयाँ बोटलिङ प्लान्ट स्थापना गरेर गत वर्षबाट पूर्ण सञ्चालनमा ल्याइसकेको छ । तराईको मुख्य बजारलाई लक्षित गरेर कम्पनीले परासीमा नयाँ प्लान्ट स्थापना गरेको हो ।
वरुण वेभरेज ९नेपाल०मा भारतीय मातृ कम्पनी वरुण वेभरेज समूहका मुख्य लगानी छ, जसमा रविकान्त जयपुरिया, वरुण जयपुरिया, रविकान्त जयपुरिया एण्ड सन्सको मुख्य स्वामित्व छ । उनीहरूले नेपालमा केएफसी, पिज्जाहटजस्ता फास्टफुड चेन र वरुण डेभलपर्सका नाममा पार्कभ्यु होराइजन नामक अपार्टमेन्टमा पनि लगानी गरेका छन् ।

प्रकाशित समय १३:२५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु