fbpx

गृहपृष्ठ टीभीएसको बाइक टेस्ट ड्राइभ गर्दा २५ जनालाई मद्रास जाने अवसर

टीभीएसको बाइक टेस्ट ड्राइभ गर्दा २५ जनालाई मद्रास जाने अवसर

TVS-Racing-newskarobar

नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस मोटरसाइकल ग्राहकलाई लक्षित गरी नयाँ योजना ‘अपाचे रेस ट्रयाक एक्सपेरियन्स’ सार्वजनिक गरेको छ । देशभरका टीभीएस मोटरसाइकलका कुनै पनि सोरुममा गई अपाचे आरआर ३१० तथा अपाचे २०० फोरभी भी२ को टेस्टराइडमात्र गरी यो योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।

योजनाअनुसार २५ जना विजेताले भारतको चेन्नाईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे आरआर ३१० र २०० फोरभी भी कुदाउन पाउनेछन् । साथै, टीभीएसका उक्त बाइकका खरिदकर्ताले हेल्मेट्स नेपालबाट १० हजार र ७ हजारबराबर नगद उपहार पाउनेछन् ।

यो योजनामा सहभागीले ती मोडलका बाइक खरिद गर्दा अपाचे आरआर ३१० का लागि मासिक किस्ताबन्दी १९ हजार ९३ रुपैयाँ र अपाचे २०० फोरभी भी२ का लागि  ११ हजार २४५ मात्र तिरे पुग्नेछ ।

नयाँ बिक्री योजनाबारे जानकारी दिँदै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले हरेक मोटरसाइकल राइडरलाई रेस ट्रयाकमा मोटरसाइकल कुदाउने इच्छा हुने भएकाले जगदम्बा मोटर्सले उक्त योजना ल्याएको बताए । मद्रास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक ३ हजार ७४० मिटर लामो छ ।

प्रकाशित समय १८:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु