fbpx
Nepal Mediciti

गृहपृष्ठ उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति

उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति

ncell-scholarship-newskarobar

निजी दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले इन्जिनियरिङ अध्ययन संस्थानमा पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । ललितपुरको होटल हिमालयमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीका अभिभावक, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक र अन्य पाहुनाको माझमा एनसेलले छात्रवृत्ति प्रदान गरेको हो ।

एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमअन्तर्गत एनसेलले २०७६ साल देखि २०८० सालसम्म इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्ने जनाएको छ ।

यसअघि, एनसेलले उत्कृष्ट विद्यार्थीलाई २०७१ देखि २०७५ सम्म ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो । प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय १८:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु