गृहपृष्ठ गहुँको पिठोको पनि मूल्य बढ्ने

गहुँको पिठोको पनि मूल्य बढ्ने

flour_NewsKarobar

नेपाल मैदा उद्योग संघले गहुँको पिठो (आँटा)को मूल्य प्रतिकिलो ५ देखि ६ रुपैयाँले बढ्ने चेतावनी दिएको छ । सरकार बजेटमार्फत् आँटामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि संघले मूल्य बढ्ने बताएको हो ।

दैनिक जीवनमा नभइ नहुने अत्यावश्यक खाद्य वस्तु गहुँको पिठो (आँटा) मा मूल्य अभिवृद्धि कर लगाउँदा मुलुकमा सञ्चालित ३८ वटा स्वदेशी मैदा उद्योगहरु जोखिममा पर्ने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘भारतबाट वैद्य वा अवैद्य तवरबाट आउने मैदा/आँटासँग अब प्रतिस्पर्धा गर्न सक्ने अवस्था नै छैन’, संघका अध्यक्ष माधवलाल श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘स्वदेशमै आत्मनिर्भर भइसकेको आँटाजस्तो खाद्य वस्तुमा यसरी करको भार थपिदिँदा वैध वा अवैध आयातले प्रोत्साहन पाउने निश्चित छ ।’

भारतीय आँटामा जीएसटी नलाग्ने हुँदा अहिले पनि नेपाली मैदाभन्दा भारतीय मैदा धेरै सस्तो भएको उल्लेख गर्दै भारतीय सीमा क्षेत्रमा नेपाली बजारलाई लक्षित गरी खोलिएका अत्याधुनिक ठूला मैदा मिलहरुलाई नेपाल सरकारको यो निर्णयले धेरै फाइदा पु¥याएको आरोप लगाइएको छ । मैदा उद्योग संघले अहिले पनि नेपालको तराई क्षेत्रमा भारतीय मैदा÷आँटा बिक्री हुन थालिसकेको जनाएको छ ।

आँटामा भ्याट लगाउँदा स्वदेशी उद्योगहरु विस्थापित हुने, किसानले गहुँको उचित मुल्य नपाउने र कृषि अनुसन्धान केन्द्रको लगानी समेत जोखिममा पर्ने उसको भनाइ छ ।

प्रकाशित समय १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु