fbpx
Nepal Mediciti

गृहपृष्ठ रेनो एक्सचेन्ज क्याम्प आयोजना हुँदै

रेनो एक्सचेन्ज क्याम्प आयोजना हुँदै

नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाईल प्रालिले एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।

मे ६ देखि ९ सम्म पोखरा र ८ मे देखि ११ सम्म भैरहवामा एक्सचेन्ज क्याम्प आयोजना हुनेछ । यो योजनामा अटोमोबाईल ग्राहकहरुले आफ्ना पुराना गाडी रेनो ब्राण्डको नयाँ गाडीसँग एक्सचेन्ज गर्न सक्नेछन् ।

एडभान्सले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ वर्षसम्मका लागि फ्रि सर्भिसिङ, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरका लागि सडक कर फ्रि, इजी फाइनान्स सुविधा लगायतका सेवा उपलब्ध गराउने जनाएको छ ।

ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभमा पनि आकर्षक उपहार जित्न सक्नेछन् ।

प्रकाशित समय ०८:०९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु