fbpx

गृहपृष्ठ सिन्धु विकास बैंकको नयाँ शाखा काभ्रेको पनौतीमा

सिन्धु विकास बैंकको नयाँ शाखा काभ्रेको पनौतीमा

सिन्धु विकास बैंक लिमिटेडले काभ्रेको पनौतीबजारमा १४ औं शाखा स्थापना गरेको छ । पनौती शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले समुद्घाटन गरे । त्यस अबसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको प्रगती तथा भावी योजनाबारे बताएका थिए । बैंकले निकट भविष्यमै चितवन र मकवानपुर जिल्लाका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गर्ने जनाएको छ ।

बैंकले सिन्धुपाल्चोकको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे र पनौतीगरी १४ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालयसहित गरी१६ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय १४:४३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु