गृहपृष्ठ काठमाडौँमा अन्तर्राष्ट्रिय बिमा सम्मेलन, साइबर रिस्क पोलिसी ल्याइने

काठमाडौँमा अन्तर्राष्ट्रिय बिमा सम्मेलन, साइबर रिस्क पोलिसी ल्याइने

काठमाडौँमा बिमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । प्राकृतिक प्रकोप तथा साइबर सेक्युरिटीसम्बन्धी नयाँ नीति बनाउने गरी सम्मेलन हुन लागेको हो । विकासशील देशका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था एशोसिएसन अफ इन्स्योरेन्स एण्ड रि–इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज (एआईआरडीसी) को २१ औँ सम्मेलन यही असोज ९ र १० गते काठमाडौंमा हुने भएको हो । एआइआरडीसीसँगै बीमा समिति र नेपाल बिमक संघको संयुक्त आयोजनामा काठमाडौँको सोल्टी होटलमा सम्मेलन हुन लागेको बीमा समितिले जानकारी दिएको छ । समितिका अनुसार सम्मेलनमा विकासशील देशका बीमा कम्पनी र नियमनकारी निकायका २०० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा एक सयभन्दा बढी कार्यपत्र प्रस्तुत भइ छलफल हुने छ ।

ठूला–ठूला प्राकृतिक प्रकोप हुँदा बीमा कम्पनीहरुले वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सम्मेलन केन्द्रित रहने बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले जानकारी दिए । सम्मेलनमा ‘साइबर सेक्युरिटी’बारे पनि विशेष छलफल हुने बताइएको छ । बिमा समितिका अध्यक्ष चापागाँईका अनुसार सम्मेलनमा उठेका विषयबाट बिमा समितिले नीति, नियम तथा निर्देशन तयार पार्ने छ । खासगरी साइबर रिस्क पोलिसी ल्याउने गरी छलफल हुने बताइएको छ । बिमा क्षेत्रमा क्रियाशील पाँच सय नेपाली र डेढ सय विदेशी गरी साढे ६ सय सहभागी सम्मेलनमा उपस्थित हुनेछन् । नेपालसहित २९ वटा विकासोन्मुख राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनी र नियामक निकाय सदस्य रहेका एआईआरडीसीले प्रत्येक २ बर्षमा सम्मेलन गर्दै आएको छ ।

प्रकाशित समय १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु