fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ कोभिड–१९ ले १ करोड ३० लाख नेपालीको जीविका जोखिममा : विश्व बैंक

कोभिड–१९ ले १ करोड ३० लाख नेपालीको जीविका जोखिममा : विश्व बैंक

The World Bank_NewsKarobar

विश्व बैंकले कोभिड-१९ का कारण सर्वाधिक जोखिममा रहेका १ करोड ३० लाख नेपालीको जीविका बचाउनका लागि सरकारले प्राथमिकता दिनु पर्ने बताएको छ, यसमध्ये निर्वाहमुखी कृषिमा ७१ लाख र अनौपचारिक क्षेत्रमा ५९ लाख नेपाली संलग्न रहेको बैंकद्वारा तयार पारिएको ‘सेवाविहीनलाई सेवा : कोभिड-१९ संकटमा नेपालका विस्थापित श्रमिकलाई सहयोग’ शीर्षकको स्थितिपत्रमा उल्लेख छ ।

‘नेपालमा निर्वाहमुखी किसानहरू गरिब हुने सम्भावना बढी हुन्छ, निर्वाहमुखी खेती ४० प्रतिशत परिवारका लागि एकमात्र जीविकोपार्जनको क्षेत्र हो, जहाँ सबै काम गर्ने वयस्कहरू निर्वाहमुखी खेतीमा संलग्न छन्,’ बैकले भनेको छ, ‘औपचारिक वा अनौपचारिक क्षेत्रमा रहेका यी घरपरिवार, आयआर्जन गर्ने नहुँदा अधिकांस आप्रवासी कामदारहरूमा बढी निर्भर छन्, तीमध्ये धेरैजसो गन्तव्य मुलुकमा महामारीबाट प्रभावित छन्।’

नेपालका प्रायः सबै प्रदेशमा हरेक चार घरमध्ये एक घरका सदस्य वैदेशिक रोजगारीमा गएको यो अध्ययनको ठहर छ, यसमा कामको खोजीमा भारत गएका संख्या जोडिएको छैन, जबकी ४८ प्रतिशत सुदूरपश्चिमका परिवारका सदस्यमध्ये कोही न कोही भारतमा आप्रवासी कामदार रूपमा रहेको स्थितिपत्रमा उल्लेख छ ।

‘भारतसहित नेपाली आप्रवासी कामदारकाको अन्य प्रमुख गन्तव्य मुलुकहरूमा आर्थिक गतिविधिमा आएको मन्दीले धेरै घरपरिवारको रेमिट्यान्स आम्दानीमा कमी आउने छ र यी कमजोर परिवारका लागि बढी प्रतिकूल प्रभाव पर्नेछ,’ स्थितिपत्रमा भनिएको छ ।

बैंकले नेपालसहितका धेरै देशमा महामारी र लकडाउनबाट पर्यटन क्षेत्रले सबैभन्दा कडा प्रहार झेलिरहेको जनाएको छ । यद्यपि, पर्यटन क्षेत्रमा औपचारिक र अनौपचारिकसहित प्रत्यक्ष रोजगारीका अनुपात कम भएकाले बढी श्रमिक निर्भर रहेका अन्य क्षेत्रप्रति पनि बढी ध्यान दिन भनेको छ ।

बैंकले कोभिड-१९ महामारी र लकडाउनका कारण अर्थव्यवस्थामा पर्ने दीर्घकालीन हानिकारक प्रभावहरूबाट बच्नका लागि यही कारणले टाट उल्टिने जोखिममा रहेका कम्पनीहरूलाई छोटो अवधिको राहत प्रदान गर्न सुझाव दिएको छ ।

बैंकले कोभिड महामारी र लकडाउनका कारण विस्थापित कामदारहरूलाई तत्काल राहत प्रदान गर्न सामाजिक सहयोग कार्यक्रम सञ्चालन गरिनु सबैभन्दा व्यावहारिक विकल्प भएको बताएको छ ।

बैंकले कोभिड-१९ का कारण जीविकोपार्जन प्रभावित भएका परिवारहरूका लागि हाल विद्यमान सामाजिक सुरक्षा कार्यक्रमका छाता विस्तार गरेर वा नयाँ अस्थायी पहलको माध्यमबाट राहत प्रदान गरेर यस्ता परिवारको फराकिलो समूहमा पुग्न सुझाव दिएको छ ।

प्रकाशित समय १७:२५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु