fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ ओपोद्वारा ‘द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजनको घोषणा

ओपोद्वारा ‘द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजनको घोषणा

ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओप्पो द भ्वाइस अफ नेपाल’को माध्यमबाट युवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालय टीभी एचडीसँग सहकार्यको घोषणा गरेको छ ।
ओपोले द भ्वाइस अफ नेपालको प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो ।

सिंगिङ रियालिटी शोले नेपाली प्रतिभालाई दर्शक सामु आफ्नो गायन कला प्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदान गर्ने छ । नेपाली कला उद्योगकै लागि एक कोशे ढुंगाका रुपमा स्थापित हुन सफल यो रियालिटी शोमा हजारौं उत्साहित प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिइसकेका छन् भने धेरैले यसैको माध्यमबाट लोकप्रियताको शिखर चुम्दै व्यवसायिक गायन क्षेत्रमा आफ्नो नामसमेत लेखाइ सकेका छन् ।

‘ब्राण्डका रुपमा ओपोले सधैं युवामाथि आफ्नो ध्यान केन्द्रित गर्दै तिनीहरुलाई सिर्जनात्मकरुपमा आफूमा निहित प्रतिभाको प्रस्तुति दिन प्रेरित गरिरहन्छ । कला, रचनात्मक अभिव्यक्ति र मनोरञ्जन उद्योग युवा पुस्ताको रुचीको विषय हो । तिनको रुचीसँग मेल खाएको लोकप्रिय कार्यक्रम ‘द भ्वाइस अफ नेपाल’को अभिन्न अंगका रुपमा सहकार्य गर्न पाउनु हाम्रा लागि खुसीको विषय हो,’ ओपो नेपालका ब्राण्ड निर्देशक पियरसन शेनले भने ।

‘ओपो द भ्वाइस अफ नेपाल’ले युवा प्रतिभामा निहित गायन कलालाई लाखौं(करोडौं पारखी तथा दर्शकहरु माझ प्रस्तुत गर्न उल्लेख्य मात्रामा सघाउने विश्वास गरिएको छ । साथै, यो कार्यक्रमले कला उद्योगलाई नयाँ प्रतिभाको अवलोकन तथा छनोटको अवसरसमेत प्रदान गर्ने निश्चित छ । देशभर छरिएर बसेका युवा प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्न तथा निखार्न यो प्ल्याटफर्मले उल्लेख्य मात्रामा सहयोग गरेको र गरिरहने आयोजकको भनाइ छ । साथै, तिनले मनोरञ्जन उद्योगमा आफ्नो स्थान सुनिश्चित पार्नसमेत सघाव मिल्नेमा दुई मत नरहेको आयोजकले बतायो ।

‘कार्यक्रमप्रति क्षमतावान् प्रतिस्पर्धी तथा दर्शकहरुको उत्साहले हामीलाई थप हौसला प्रदान गरेको छ । युवा पुस्ताका इच्छा र तिनको मागलाई निरन्तर सम्बोधन गर्ने ब्राण्डका रुपमा परिचित ओपोलाई युवाहरुका प्रतिभा प्रोत्साहन लक्षित ‘द भ्वाइस अफ नेपाल’मा प्रमुख प्रायोजकका रुपमा पाउँदा हामी थप उत्साहित छौँ । नेपाली युवामा रहेको उत्कृष्टता प्रस्फुटनका लागि ओपोको भूमिका र योगदान वास्तवमै सह्राहनीय छ । यो सहकार्यले भ्वाइस अफ नेपालको यात्रालाई थप रोमाञ्चक बनाउनेमा हामी आशाावादी छौँ ।

ओपो र द भ्वाइस अफ नेपालको यो सहकार्यले रियालिटी टीभी शो भन्दामाथि उठ्दै युवा कलाकारहरुलाई भविष्यका लागि मार्ग कोर्ने तथा मार्ग प्रशस्त बनाउने कार्यमा समेत उल्लेख्य योगदान पुग्नेमा हामी विस्वश्त छौँ’, हिमालया टीभी एचडीका अध्यक्ष धर्मराज भूसालले भने ।

प्रकाशित समय १०:३६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु