fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ एनआइसी एशिया बैंकमा भाखा नाघेका कर्जाको ब्याजदर कायम गर्न २ दिन बाँकी

एनआइसी एशिया बैंकमा भाखा नाघेका कर्जाको ब्याजदर कायम गर्न २ दिन बाँकी

एनआइसी एशिया बैंकले कोरोनाभाइरसबाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न विभिन्न ग्राहकमैत्री सहुलियतका योजनाहरू ल्याइरहेको छ । यसै क्रममा २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ असोज मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्र्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको छ ।

यस योजनामा सहभागी हुन अब मात्र २ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउन बैंक सम्पूर्ण योग्य ऋणीहरूमा आह्वान गरेको छ । यस बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहकहरूले यस योजनामा सहभागी भई समयमै लाभ उठाउन बैंकले अनुरोध गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ को वैशाख, जेठ र असारमा ल्याएको ऐतिहासिक कर्जाको ब्याज सहुलियतसम्बन्धी योजनाबाट बैंकका करिब ८० प्रतिशत (करिब ३५ हजार) ऋणीहरूले करिब ३ अर्ब बराबरको वार्षिक ब्याजदर सहुलियत प्राप्त गरेका थिए । हाल बैंकले असोजमा ल्याएको कर्जाको ब्याजदर सहुलियत योजनाबाट कोरोना भाइरसले आक्रान्त यस विषम परिस्थितिपश्चात ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवं सवलीकरणमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

एनआइसी एशिया बैंकले मुलुकभर ३२७ शाखा कार्यालय, ४६९ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७० वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय १४:२४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु