fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ देशभरिका साढे २९ हजार करदाताले बुझाएनन् भ्याट

देशभरिका साढे २९ हजार करदाताले बुझाएनन् भ्याट

Rajaswa_NewsKarobar

देशभरिका झन्डै साढे २९ हजार करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) नबुझाएपछि आन्तरिक राजस्व विभागले भ्याट नबुझाउने करदाताका सूची सार्वजनिक गरेको छ ।

देशभरिकै ८१ वटा आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयबाट विवरण अद्यावधिक गरेर ती २९ हजार ४४७ करदाताका नाम सार्वजनिक गरेको हो।

गत आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म देशभरि मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ५५ हजार ९६३ जना भए पनि कर विवरण नबुझाउने, सून्य कर विवरण विवरण बुझाउने करदाताको संख्या बढ्दै गएपछि विभागले एक पटकका लागि आर्थिक ऐनअनुसार जरिवाना, थप दस्तुरसमेत मिन्हा दिने गरी भ्याट नतिर्नेका नाम सार्वजनिक गरेको हो ।

विभागको तथ्यांकअनुसार सून्य कर विवरण बुझाउने करदाताको संख्या मासिक करिब ६५ हजारको हाराहारीमा छ भने कर विवरण नुबझाउनेहरूको संख्या त्योभन्दा बढी छ ।

भ्याट लागू भएदेखि २०७५ सम्म कर विवरण नबुझाएका ती करदाताहरूलाई फागुन मसान्तभित्र कर बुझाउन भनिएको छ ।

भ्याट नबुझाउनेहरूका सूचीमा स्व. वनबारीलाल मित्तलदेखि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री झपट बोहोरासम्म छन् । बोहोराले बैंकिङ गुरु प्रालि चलाउँदाका कर नतिरेका हुन् ।

यस्तै, गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले किनेको मोमेन्टो एपरेल्सदेखि काठमाडौंका माउन्टेन होटल, होटल प्लाजा, होटल सीता, हारती, नर्लिङ, हिमालयन माउन्टेन रिसोर्टसम्मले भ्याट तिर्न बाँकी रहेको आन्तरिक राजस्व विभागले सार्वजनिक सूचनामा उल्लेख छ ।

राजीव गुरुङको कम्पनी ठमेल बिजनेस सेन्टरदेखि काठमाडौं प्लाजा, पशुपति कम्प्लेक्स, बराह इम्पेक्सदेखि ती व्यापारिक केन्द्रभित्र पसल थाप्ने, न्युरोडमा पसल थाप्ने धेरै व्यापारीले भ्याट नुबझाएको सूचनामा उल्लेख छ ।

मित्तल वायर इन्डस्ट्रिजका महेशकुमार अग्रवालदेखि अशोककुमार अग्रवालको एआईसी एक्जिम प्रालिसम्मले भ्याट नबुझाएको विभागले जनाएको छ ।

विराटनगरका भवानीशंकर गोयल, मनीष गोयल, सत्यनारायण बजाज, जितेन्द्रकुमार राठी, सुजीतकुमार अग्रवाल, बासुदेव गौल्याण, नीरजकुमार सुराना, हीरालाल अग्रवाललगायतका उद्योगीहरू भ्याट नबुझाउने सूचीमा परेका छन् ।

धेरै फिल्म बनाउने कम्पनी

झरना थापाको कम्पनी सुहानी फिल्मसदेखि विकास आचार्य फिल्म प्रोडक्सन, रुद्रराज पाण्डेको अर्धनारिश्वर चलचित्र निर्माण कम्पनी, बुढासुब्बा फिल्मस्, दिप्ति फिल्मस्, मेघना फिल्मस्, ओमकिरण फिल्मस्, आर्को सिनेमा प्रालि, एरो सिने फिल्मसलगायत करिब ३० वटा फिल्म बनाउने कम्पनीहरूले भ्याट नतिरेको विभागले जनाएको छ ।

यीमध्ये कतिपय कम्पनीले ०६० सालदेखिकै भ्याट बुझाउन बाँकी छ भने केहीको मात्र आव २०७४-७५ देखिको भ्याट बुझाउन बुझाउन बाँकी छ ।

यसैगरी अधिकांस एडभडरटाजिङ एजेन्सीहरूले पनि लामो समयदेखिको भ्याट बुझाउन बाँकी रहेको यो सूचीबाट देखिन्छ ।

यस्तै, कर बुझाउन बाँकी सूचीमा नेपालमा होटल, रेष्टुँरा खोलेर बसेका केही चिनियाँ नागरिकदेखि विश्व बैंकले महँगो मूल्य तिरेर ल्याएको बैंक अफ स्कटल्यान्डका जेम्स क्रेज म्याकलिस्टरसम्म छन् । म्याकएलिस्टर लाखाैं डलर तलब खाएर करिब ६ वर्ष नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

पूरा सूची यहाँ हेर्नुहोस्

 

प्रकाशित समय १७:०३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु