fbpx
corona information

गृहपृष्ठ चालू आर्थिक वर्षमा नेपालको वृद्धिदर १.५ मात्र : एडीबी

चालू आर्थिक वर्षमा नेपालको वृद्धिदर १.५ मात्र : एडीबी

COVID-19 Economy_NewsKarobar

एसियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्ष २०७७/७८ (सन् २०२१) मा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा खुम्चने जनाएको छ । गत आर्थिक वर्ष २०७६/७७ (२०२०) को अन्तिम समयमा मात्र कोभिड-१९ले नेपाल, बंगलादेश र भुटानमा असर पारेको उल्लेख गर्दै बैंकले चालू आर्थिक वर्षमा यसको गम्भीर प्रभाव पार्ने बताएको हो ।

बैंकले गत जुनमा चालू आर्थिक वर्षका लागि नेपालको वृद्धिदर ३.१ प्रतिशत रहने बताएकोमा आर्थिक गतिविधि खुम्चँदै गएपछि १.५ प्रतिशतमात्र रहने प्रक्षेपण गरेको हो । गएको आर्थिक वर्ष २०७६/७७को वृद्धिदर भने केन्द्रीय तथ्यांक विभागकै वैशाखको तथ्यांक २.३ प्रतिशत प्रयोग गरिएको छ ।

एडीबीको प्रक्षेपण विश्व बैंकका अनुमानभन्दा कम हो, विश्व बैंकले हालै सार्वजनिक गरेको ‘नेपाल डेभलेपमेन्ट अपडेट्स २०२० ‘मा नेपालको वृद्धिदर यस वर्ष २.१ प्रतिशत रहने जनाएको थियो । सरकारले भने ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य लिएकोछ ।

एडीबीका अनुसार सन् २०२० मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले खुम्चने छ । क्षेत्रका प्रमुख अर्थतन्त्र भारतको अर्थतन्त्र अप्रिल-जुनको चौमिपक अवधिमा २९.९ प्रतिशतले खुम्चिएको र समग्र वर्षभरिमा ९ प्रतिशतले संकुचित हुने भएकाले समग्र क्षेत्रीय अर्थतन्त्रमा यसको असर पार्ने बैंकद्वारा मंगलबार सार्वजनिक ‘एसियन डेभलपेन्ट आउटलूक २०२० अपडेट’ मा उल्लेख छ ।

दक्षिण एसियामा सर्वाधिक ठूलो संकुचन माल्दिभ्सको अर्थतन्त्रमा भएको छ । पर्यटनमा आश्रित भएका कारण सन् २०२० मा माल्दिभ्सको अर्थतन्त्र २०.५ प्रतिशतले संकुचित भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा सन् २०२० मा बंगलादेशले ५.२ प्रतिशत, भुटानले २.४ र नेपालले २.३ प्रतिशतका आर्थिक वृद्धिदर हासिल गरेको उल्लेख छ ।

सन् २०२० मा विकासोन्मुख एसियको वृद्धिदर करिब ६ दशकमा पहिलो पटक ०.७ प्रतिशतले संकुचित भए पनि सन् २०२१ मा भने पुनर्बहालीका चरणमा प्रवेश गर्ने एडीओको अद्यावधिक संस्करणमा उल्लेख छ । यो सन् १९६० पछि सर्वाधिक ठूलो संकुचन हो । कोभिड-१९ का कारण यस क्षेत्रका अर्थव्यवस्थाका करिब तीन-चौथाई हिस्सामा नकारात्मक वृद्धि (अर्थात संकुचन) हुने बैंकले जनाएको छ ।

क्षेत्रीय अर्थतन्त्रमध्ये चीनले मात्र १.८ प्रतिशतको सबल आर्थिक वृद्धिदर हासिल गर्ने बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित समय ०९:१६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु