fbpx
corona information

गृहपृष्ठ मेटलाइफको नयाँ ग्राहक सेवा एप : घरमै बसी मोबाइलमार्फत विभिन्न सेवा

मेटलाइफको नयाँ ग्राहक सेवा एप : घरमै बसी मोबाइलमार्फत विभिन्न सेवा

मेटलाइफले आज ग्राहकहरुलाई बिमा सम्बन्धी सेवा र सुविधालाई थप सजिलोसँग पहुँच बढाउन र आफ्नो बिमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएको छ । मेटलाइफको नयाँ ग्राहक सेवा एपले ग्राहकहरुलाई घरमै बसी मोबाइलमार्फत मेटलाइफको विभिन्न सेवाहरुमा पँहुच बढाउने छ ।

डिजिटल थिमअन्तर्गत सोमबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मलकाजी श्रेष्ठले मेटलाइफका कर्मचारीहरु र फिल्ड फोर्सहरुको उपस्थितिमा भर्चुअल कार्यक्रममार्फत उक्त एपको अनावरण गरेका थिए । मेटलाइफ नेपालको ग्राहक सेवा एप दुबै IOS App Store/ Andriod Google Play Store बाट निशुल्क डाउनलोडको लागि उपलब्ध हुनेछ । एकपटक ग्राहकले सुरक्षित रूपमा एपलाई लगइन गरेपछि उनीहरूले आफ्नो बिमा पोलिसीको स्थिति, कुल प्रिमियम भुक्तान गरिएको र भुक्तानी गरिएको प्रिमियम किस्ता साथै उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरणजस्ता जानकारी हेर्न सक्नेछन् ।

ग्राहकहरूले एपमा साइनअप गरी प्रिमियम तिर्न बाँकी रहेका मितिहरू र पूर्ण परिपक्वता सूचनाहरू समेत प्राप्त गर्न सक्नेछन । मेटलाइफ नेपालको एपमा सम्पर्क बिवरण र ग्राहक सहायताको लागि सोधपुछ फिचर्स पनि समावेश गरिएको छ । नयाँ बिमा पोलिसी लिन इच्छुक ग्राहकहरूले पनि यो एपलाई प्रयोग गरी मेटलाइफका विभिन्न बिमा उत्पादनहरूका विवरणहरू हेर्न सक्नेछन् । साथै यदि कुनै सेवामा इच्छा भएमा आफ्नो जानकारी पेश गर्न सक्नेछन् । उपलब्ध विवरणको आधारमा मेटलाइफका प्रतिनिधिहरुले ग्राहकहरूलाई सम्पर्क गर्नेछन् । उक्त एपमा प्रिमियम क्यालकुलेटर पनि समावेश गरिएको छ । जसअन्तर्गत प्रयोगकर्ताहरूले उनीहरूको बिमा पोलिसी तथा योजनाहरुको सोधपुछ गर्न सक्नेछन् ।

ग्राहकहरुका लागि आफ्नो डिजिटल क्षमता विस्तार गर्न आफूहरू प्रतिबद्ध रहेको मेटलाइफका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजीश्रेष्ठले बताए । ‘महामारीको यस समयमा हामीले आफ्नो सेवा जारी गरिरहेको र यसैबीच ग्राहक सेवा एपलाई नेपालमा सुचारु गरेका छौँ । यस समाधानको साथ हामी हाम्रो ग्राहकहरूको जीवन अझ सरल र सजिलो बनाउन सक्षम हुनेछौं,’ उनले भने, ‘हाम्रा ग्राहकहरूको लागि डिजिटल अनुभव सुधार गर्न कार्य गरिरहनेछौं ताकि घरमै बसेर ग्राहकहरूले हाम्रो सेवाहरूमा पहुँच राख्न सक्नु हुनेछ ।’

MetLife, Incsf को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा MetLife सन् २००१ देखि नेपालमा सञ्चालन भइरहेको छ । नेपालमा यसलेआफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बिमा, दुर्घटना तथा स्वास्थ्य बिमा र सामुहिक बीमा जस्ता बिमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ ।

प्रकाशित समय १७:५७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु