fbpx
corona information

गृहपृष्ठ महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रिमियम अनलाइनबाटै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रिमियम अनलाइनबाटै

काठमाडौं । सेलकम प्रालिको सेलपे सेवाले महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग बिमा प्रिमियमको डिजिटल भुक्तानीको लागि सहकार्य गरेको छ ।

सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्स्योरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । अब महालक्ष्मी लाइफका ग्राहकहरुले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ र सजिलै सेलपे एप वा वेब एप्लिकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

बिमा प्रिमियम तिर्नका लागि सेलपेमा आफ्नो खाता लिंक गरि सजिलै बिना कुनै झन्झट, कुनै पनि समयमा रकम तिर्न सकिने बताइएको छ ।

प्रकाशित समय १६:५६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु