fbpx
corona information

गृहपृष्ठ ‘उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार’द्वारा मुक्तिनाथ बैंक सम्मानित

‘उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार’द्वारा मुक्तिनाथ बैंक सम्मानित

muktinath-newskarobar

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदनमा एनएफआरएस प्रणालीमार्फत् वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७५/०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले ‘उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार’ विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा बैंकिङ क्षेत्र, वित्तीय क्षेत्र, बिमा क्षेत्र, सार्वजनिक क्षेत्र ईकाइ र सामान्य क्षेत्र रहेका छन् ।

विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उक्त समारोहका विशेष अतिथि महालेखा परीक्षक टंकमणि शर्मा दंगालले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युम्न पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

बैंकिङ क्षेत्रमा उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाइल बैंकिङ क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङ लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित समय १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु