fbpx
corona information

गृहपृष्ठ एनआइसी एसिया लघुवित्तको साधारण सेयर बाँडफाँड

एनआइसी एसिया लघुवित्तको साधारण सेयर बाँडफाँड

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर बाँडफाँड भएको छ । सानिमा क्यापिटलले सर्वसाधारणमा विक्री गरिएको सेयर शनिबार बाँडफाँड गरेको हो ।

उक्त कम्पनीको सेयर आवेदन गर्ने सबैले न्यूनतम् १० कित्ताका दरले सेयर प्राप्त गरेको छन् । कूल ४६ हजार ५७९ जनाले गोलाप्रथाको माध्यमबाट थप १० कित्ता सेयर प्राप्त गरेको विक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

सो लघुवित्तले प्रतिसेयर रु १०० अंकित दरका ४६ लाख ५५ हजार कित्तामध्ये ७४ हजार कित्ता कर्मचारीलाई, २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता साधारण सेयर यही असार १० देखि १४ गतेसम्म सर्वसाधारणलाई विक्री गरेको थियो । सो सार्वजनिक निष्कासनमा ५.१९ गुणा बढी आवेदन परेको थयो ।

प्रकाशित समय १५:२६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु