fbpx
corona information

गृहपृष्ठ खोटाङका दशवटै स्थानीय तहका नीति तथा कार्यक्रम प्रस्तुत

खोटाङका दशवटै स्थानीय तहका नीति तथा कार्यक्रम प्रस्तुत

खोटाङ जिल्लाका दशवटै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आ–आफ्नै प्रकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ७६ करोड ९० लाख २७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । हलेसी तुवाचुङ नगरपालिकाले ५२ करोड ७८ लाख १४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

यस्तै, साकेला गाउँपालिकाले ३० करोड ७७ लाख ४४ हजार रुपैयाँ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५१ करोड ४२ लाख सात हजार रुपैयाँ, जन्तेढुङ्गा गाउँपालिकाले ३३ करोड ३० लाख २७ हजार रुपैयाँ र ऐसेलुखर्क गाउँपालिकाले ४० करोड ८४ लाख ५२ हजार रुपैयाँ बराबरको बजेट पेश गरेको छ ।

बराहपोखरी गाउँपालिकाले २८ करोड ३५ लाख ६९ हजार रुपैयाँ, केपिलासगढी गाउँपालिकाले ३३ करोड ८५ लाख ३४ हजार रुपैयाँ, रावाबेँसी गाउँपालिकाले २९ करोड ७७ लाख ९५ हजार रुपैयाँ र खोटेहाङ गाउँपालिकाले ४८ करोड १८ लाख ५९ हजार रुपैयाँ बजेट ल्याएको छ ।

जिल्लाका नौ स्थानीय तहले बुधबार तथा खोटेहाङ गाउँपालिकाले बिहीबार नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । भगवती दिनानाथ माविका सहायक प्रधानाध्यापक एवं नेपाल शिक्षक महासंघ खोटेहाङ गाउँपालिकाका अध्यक्ष सन्तोष ढकालको निधन भएपछि खोटेहाङ गाउँपालिकाले गाउँसभा एक दिनपछि सारेको हो ।

जिल्लाका अधिकांश स्थानीय तहले यस वर्ष पनि भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेका छन् । मध्यपहाडी लोकमार्गबाहेक अन्य सबै सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएकाले अधिकांश स्थानीय तहले आ–आफ्नो क्षेत्रका सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ ।

जिल्लाको सबैभन्दा सानो (पाँच वडा रहेको) स्थानीय तह साकेला गाउँपालिकाले भने, आर्थिक तथा सामाजिक विकासलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उक्त गाउँपालिकाका अधिकांश भौतिक पूर्वाधार विकासमा संघ तथा प्रदेश सरकारको लगानी रहेकाले पालिकामा आएको रकम आर्थिक तथा सामाजिक विकासमा लगानी गरेको हो । (रासस)

प्रकाशित समय ०७:२० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु