fbpx
corona information

गृहपृष्ठ व्यापारीले बुझाए राष्ट्र बैंकका निर्देशकलाई ज्ञापन पत्र

व्यापारीले बुझाए राष्ट्र बैंकका निर्देशकलाई ज्ञापन पत्र

नेपालगन्जमा बन्दाबन्दीले आर्थिक रूपमा थिलोथिलो भएका व्यापारीले नेपाल राष्ट्र बैंकको निर्देशकलाई ज्ञापन पत्र बुझाएका छन् ।

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले आर्थिक रूपमा थिलोथिलो भएका व्यापारीहरुको पीडा र त्यसमा पनि अझै (खुद्रा व्यावसाय गर्ने) व्यावसायीहरुको समस्याको विषयमा नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक मुक्तिनाथ सापकोटालाई ज्ञापनपत्र बुझाएका हुन् ।

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति (बैंक ब्याजदर, पुनर्कर्जा) लगायतका आर्थिक राहतका विषयमा निर्देशक सापकोटा, उप–निर्देशकद्वय माधव प्रसाद पोख्रेल र राजु पौडेलसँग खुद्रा व्यावसायी संघका (प्रतिनिधिमण्डल) अध्यक्ष शिव प्रसाद दहाल, संस्थापक तथा निवर्तमान अध्यक्ष भीमबहादुर रानाभाट, उपाध्यक्ष हिमनाथ पौडेल, सचिव युवराज काफ्ले र व्यवसायी प्रकाश शर्मासहितको टोलीले छलफल गर्नुका साथै खुद्रा व्यावसायीहरुले भोग्नुपरेका समस्या समेटिएको ज्ञापनपत्र बुझाएको बताएका छन् ।

प्रकाशित समय ११:५१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु