fbpx
corona information

गृहपृष्ठ त्रिभुवन विमानस्थलमा बढ्यो व्यस्तता, बिहीबार एकैदिन १४ उडान-अवतरण

त्रिभुवन विमानस्थलमा बढ्यो व्यस्तता, बिहीबार एकैदिन १४ उडान-अवतरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार एकैदिन आन्तरिक तथा बाह्य गरी १४ वटा उडान-अवतरण भएका छन् । नेपाली नागरिकलाई विदेशबाट स्वदेश फर्काउने अभियान सुरू भएसँगै विमानस्थलको व्यस्तता बढेको हो ।

आज हिमालय एयरलाइन्सले मलेसियाबाट ११७ जना नेपालीलाई काठमाडौं ल्याएको छ । बिहीबार नै जजिरा एयर र सलाम एयरका विमानहरू कुवेत र ओमानबाट क्रमशः १५० र १४६ जना नेपाली लिएर काठमाडौं उत्रिएका छन् । वेजोहाबाट नेपाल आएको कतार एयर नेपालमा रहेका २६३ जना विदेशीलाई बोकेर फर्किएको छ ।

आज साँझ हिमालय एयरलाइन्स ७ः१५ मा दमाम जाँदैछ । नेपाल एयरलाइन्स भने ९ बजे दुबई जाने उडान तालिका छ । प्रस्थान गर्ने क्रममा हिमालय एयरलाइन्सले चार जना नेपालीलाई दमाम लैजाँदै छ ।

आन्तरिकतर्फ तारा एयरले ११ जनाको कोभिड अपरेसन टिमसहित काठमाडौंबाट विराटनगर उडान गरेको छ । सीता एयर नाइटस्टपका लागि सिमीकोटबाट काठमाडौं आएको छ । सिम्रिक एयर जाजरकोटबाट ४ जना यात्रु बोकेर काठमाडौं आएको हो ।

एयर डाइनेस्टीले लमजुङको बेंसीसहरबाट घाइते लिएर काठमाडौं आएको छ । बुद्ध एयरले राजविराजका लागि पीपीसी (लाइसेन्स नवीकरण) फ्लाइट गरेको छ । मनाङ एयरले सोलुखुम्बुबाट ७ जना यात्रु बोकेर काठमाडौं आएको छ ।

प्रकाशित समय २०:२७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु