fbpx
corona information

गृहपृष्ठ भाटभटेनीका बचाउमा विज्ञप्ति जारी गर्दा काष्ठमण्डप खाद्य उद्योग पनि फँस्यो

भाटभटेनीका बचाउमा विज्ञप्ति जारी गर्दा काष्ठमण्डप खाद्य उद्योग पनि फँस्यो

लाखामारी आपूर्ति गर्ने काष्ठमण्डपलाई पनि ३ लाख जरिवाना!

Lakhamari_NewsKarobar

भाटभटेनी सुपरमार्केटले बढी मूल्यमा लाखामारी बेचेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गराएसँगै बचाउमा विज्ञप्ति जारी गर्ने काष्ठमण्डप खाद्य उद्योग टेकुसमेत कारवाही परेको छ ।

टंगालस्थित भाटभटेनीले रु. १२० पर्ने लाखामरीलाई रु. २२० मूल्य राखेर बिक्री गरेपछि विभागले स्थलगत रूपमै ३ लाख रूपैयाँ जरिवाना गरेको थियो ।

त्यो जरिवानाको समाचार सार्वजनिक भएलगत्तै भाटभटेनीको बचाउमा काष्ठमण्डप खाद्य उद्योगले विज्ञप्ति जारी गर्दै आफ्ना कामदारका गल्तीले एमआरपीको ट्याग गलत लागेको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

यद्यपि वाणिज्य विभागको अनुगमनले उक्त उद्योगले पुरानो स्टकका लाखामरी आपूर्ति गरेको प्रमाणित भएपछि उद्योगलाइ समेत ३ लाख रुपैयाँ जरिवाना गराएको छ ।

‘यसको अर्थ भाटभटेनीको कारबाही फिर्ता भएको होइन, उसमाथि र काष्ठमण्डप खाद्य उद्योगमाथि फरक-फरक जरिवना भएको हो’, विभागका एक अधिकारीले भने ।

काष्ठमण्डप खाद्य उद्योगले म्याद नाघेको तयारी खाद्य पदार्थ बिक्री गरेको पाइएकोले उपभोक्ता संरक्षण ऐनबमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाे कसुरमा ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

प्रकाशित समय १४:३९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु