fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ यस्ता छन् लकडाउनको अवधिमा टेलिकमले छुट गरेका सेवाहरू

यस्ता छन् लकडाउनको अवधिमा टेलिकमले छुट गरेका सेवाहरू

nepal-telecom-newskarobar

कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७६ चैत्र ११ देखि १८ सम्म मुलुकलाई पूर्ण लकडाउन घोषणा गरेको छ ।

यस सन्दर्भमा अत्यावश्यक सेवाको रूपमा रहेको दूरसञ्चार सेवा प्रवाह गर्ने राष्ट्रको जिम्मेवार र अग्रणी सेवा प्रदायकको रूपमा नेपाल टेलिकमले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

यस कार्यका लागि आवश्यक समन्वय गर्ने ध्येयले मिति २०७६ चैत्र ११ गते निम्न अनुसारका निर्णयहरू गरिएको व्यहोरा ग्राहक वर्गमा जानकारी गराउँदछौं ।

१. पूर्ण लकडाउन मार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकवर्गलाई निरन्तर उपलब्ध गराउन यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप गर्ने ।

२. कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने ।

प्रकाशित समय १०:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु