fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ लकडाउनका बेला ग्लोबल आइएमई बैंकको भिडियो कन्फ्रेन्स

लकडाउनका बेला ग्लोबल आइएमई बैंकको भिडियो कन्फ्रेन्स

नेपालकै ठूलो वाणिज्य बैंक ग्लोबल आइएमई बैंकले लकडाउनको समयमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा भिडियो कन्फ्रेन्समार्फत बैठक गरेको छ । केहीबेरअघि बसेको बैठकमा ग्राहकलाई अत्यावश्यक सेवा दिने  विषयमा छलफल भएको प्रमुख कार्यकारी अधिकृत (सिइओ) परशुराम कुँवर क्षेत्रीले जानकारी दिए ।

‘एटिएममा प्रशस्त क्यास राख्ने तथा पैसा झिक्न वा राख्न बैंकसम्म आइपुग्ने ग्राहकलाई सहजै र छिटो सेवा दिने विषयमा छलफल भएको छ,’ उनले भने, ‘कर्मचारीको स्वास्थ्यलाई पनि ध्यान दिँदै थोरै कर्मचारीबाट बढीभन्दा बढी काम कसरी गराउने भन्ने योजना पनि तय गरेका छौं ।’

बैठकमा रेमिट्यान्स पठाउन र पाउन, वैदेशिक व्यापारसम्बन्धी एलसी वा बिना एलसीको पेमेन्ट सेटलमेन्टको काम गर्न, डिजिटल सेवा प्रयोगमा समस्या आउन नदिनेलगायत विषयमा पनि छलफल भएको सिइओ क्षेत्रीले बताए ।

प्रकाशित समय १४:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु