fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला

माछापुच्छ्रे बैंकको ४१७औं सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइरालालाई नियुक्त गरेको छ । आगामी वैशाख १ देखि लागू हुनेगरी कोइराला प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

विगत ७ वर्षदेखि सोही बैंकमा कार्यरत कोइरालाको कार्यकारी अधिकृतका रूपमा कार्यकाल ४ वर्षको रहनेछ । हाल उनी बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृत छन् ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेदरल्याण्डको इरासमस यूनिभर्सिटीबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’मा डिप्लोमा गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त भएपछि उनले कोरोना भाइरस संक्रमणका कारण विश्व अर्थतन्त्रसँगै बैंकिङ क्षेत्र पनि आक्रान्त बनिरहेको बेला माछापुच्छ्रे बैंकलाई थप मजबुत बनाउँदै लैजाने बताएका छन् । ‘चुनाैतीपूर्ण वर्तमान परिस्थितलाई मैलै अवसरका रूपमा लिएको छु,’ न्युज कारोबारसँग कुरा गर्दै उनले भने ।

प्रकाशित समय १२:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु