fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ सेयर बजार पाँच दिनका लागि बन्द, चैत १८ गते खुल्ने

सेयर बजार पाँच दिनका लागि बन्द, चैत १८ गते खुल्ने

dhitopatra-board-newskarobar

नेपाल धितोपत्र बोर्डले पाँच कार्यदिनका लागि सेयर बजार बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरण हुने गरी लगानीकर्ता, सदस्य दलाल, कर्मचारी आदिको स्वास्थ्यलाई उच्च प्राथमिकता राखी दोस्रो बजारमा हुने कारोबार बन्द गरिएको बोर्डले जनाएको छ ।

धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९० को उपदफा १ को खण्ड (घ) बमोजिम बोर्डको विशेषाधिकार प्रयोग गरी चैत १० गतेदेखि पाँच कारोबार दिनका लागि धितोपत्र बजार बन्द गर्न नेपाल स्टक एक्सचेन्जलाई आदेश दिने निर्णय भएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोनाको प्रकोप, त्यसको रोकथाम र नियन्त्रण सम्बन्धमा प्रधानमन्त्रीको सम्बोधन, नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय, सरकारबाट हाल भइरहेका प्रयास र बजार सम्बद्ध पक्षहरुको चासोलाई दृष्टिगत गरी बजार बन्द गरिएको उनले बताए ।

प्रकाशित समय २२:२९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु