fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ कोरोनाको प्रभाव सेयर बजारमा पनि, कारोबार साताभर उतारचढावपूर्ण

कोरोनाको प्रभाव सेयर बजारमा पनि, कारोबार साताभर उतारचढावपूर्ण

साताको अन्तिम दिन नेप्सेमा सामान्य सुधार

कोरोना भाइरसको त्रासले सेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा पर्‍यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १७४ कम्पनीका कूल दुई करोड २७ लाख १९ हजार १२२ कित्ता सेयर आठ करोड २६ लाख ९५ लाख दुई हजार ७११ रूपैयाँ बराबरको कारोबार भयो ।

साताको पहिलो दिन नेप्से परिसूचकमा भारी गिरावट देखा पर्‍यो । सेयर कारोबारमा सहजता ल्याउन भन्दै नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेञ्जले कारोबार समय थप गरेर ४ बजेसम्म पुर्‍याएको भए पनि बजारमा उत्साह देखिन सकेन । त्यस दिन नेप्से परिसूचक ६४.१४ अंकले घटेर एक हजार ३१३.०४ मा पुग्यो । कूल १७४ कम्पनीका ५५ लाख ७० हजार ३० कित्ता सेयर दुई अर्ब १० करोड १४ लाख १७ हजार २९२ रूपैयाँमा खरिद बिक्री भए ।

सोमबार नेप्से परिसूचक झिनो अंकले वृद्धि भयो । त्यस दिन नेप्से ३.३५ ले वृद्धि भई एक हजार ३१६.३९ मा पुग्यो । कूल १६० कम्पनीको ४१ लाख ९१ हजार ४१५ कित्ता सेयर एक अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८७७ रूपैयाँमा खरिद बिक्री भए ।

मंगलबार नेप्से परिसूचक भारी अंकले ओरालो लाग्यो । त्यस दिन नेप्से परिसूचक ४४.३३ अंकले घटेर एक हजार २७२.०६ मा पुग्यो । घटेको बजारमा कारोबार रकम भने झण्डै डेढ अर्ब बराबर भएको छ । कूल १७५ कम्पनीको ४३ लाख ६७ हजार ७७५ कित्ता सेयर एक अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ रूपैयाँमा खरिद बिक्री भए ।

बुधबार पनि नेप्से परिसूचक ओरालो लाग्ने क्रम रोकिएन । त्यस दिन नेप्सेमा १६.२६ अंकले गिरावट भयो । आज कूल १७२ कम्पनीको ३४ लाख ८३ हजार २२१ कित्ता सेयर एक अर्ब १८ करोड ४४ लाख १६ हजार ८७८ रूपैयाँमा खरिद बिक्री भए ।

साताको अन्तिम दिन बिहीबार नेप्सेमा सामान्य सुधार देखापर्‍यो । त्यस दिन नेप्सेमा १३.५० ले वृद्धि भई एक हजार २६९.३० मा पुग्यो । नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत बढेर झण्डै दुई अर्ब रूपैयाँको हाराहारीमा पुग्यो । कूल १७३ कम्पनीको ५१ लाख छ हजार ६८१ कित्ता सेयर एक अर्ब ९० करोड ३१ लाख ४२ हजार आठ रूपैयाँ बराबरको कारोबार भयो ।

चार कम्पनीको सेयर सूचीकृत

साताभर बजारमा विभिन्न चार कम्पनीका कूल ६९ लाख २४ हजार ३१२ कित्ता सेयर सूचीकृत भए । त्यसमा कृषि विकास बैंकको कूल ५४ लाख नौ हजार ३१७ कित्ता सेयर लाभांश, गणपति माइक्रोफाइनान्सको ७२ हजार ४५० कित्ता सेयर लाभांश, आइसीएफसी फाइनान्सको चार लाख ४३ हजार २९६ कित्ता सेयर लाभांश र आरएमडीसी लघुवित्तको कूल नौ लाख ९९ हजार २४८ कित्ता सेयर लाभांश सूचीकृत भएको छ ।

प्रकाशित समय १५:४२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु