गृहपृष्ठ एनआइसी एसियाको योजना : जति धेरै स्क्यान एन्ड पे, त्यति धेरै पैसा

एनआइसी एसियाको योजना : जति धेरै स्क्यान एन्ड पे, त्यति धेरै पैसा

nic-asia-bank-newskarobar

एनआईसी एसिया बैंकले ‘जति धेरै स्क्यान एन्ड पे, त्यति धेरै पैसा’ योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङमा रहेको क्युआर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहक तथा मर्चेन्टहरूलाई लक्षित गरी बैंकले सो नगद उपहार योजना ल्याएको हो ।

यो योजना अवधिभर मर्चेन्टहरूले १५ हजार रुपैयाँसम्म र ग्राहकले १५ सय रुपैयाँसम्म नगद प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षका लागि निःशुल्क इन्टरनेट प्याकेज पनि प्राप्त गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । चैत १ देखि सुरु हुने यो योजना एक महिनासम्म मोबाइल बैंकिङमार्फत कारोबार गर्दा लागू हुनेछ । बैंकले डिजिटल भुक्तानीसम्बन्धी अन्य थुप्रै योजना ल्याउन लागेको पनि जनाएको छ ।

एनआईसी एसियाले विभिन्न नगद फिर्तासम्बन्धी अफर पनि ल्याएको छ । जसअन्तर्गत शुक्रबार बेलुका ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म सञ्चालित ‘ह्याप्पी आवर’ मा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ५ प्रतिशत वा १०० रुपैयाँसम्म नगद फिर्ता, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा १ हजार रुपैयाँसम्म छुट सुविधालगायत छन् ।

त्यस्तै प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत नगद फिर्ता, प्रत्येक बुधबार दराज अनलाइनबाट सामान खरिदमा १० प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा २ हजार रुपैयाँसम्म छुट र ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजनाअन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी भाग्यमानी ग्राहकले १ हजार रुपैयाँसम्म नगद उपहार योजना पनि बैंकले सञ्चालन गरिरहेको छ । बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यससँगै ग्राहकले मोबाइल बैंकिङ र डेबिट कार्ड प्रयोग गरी २ हजार २०० भन्दा बढी अस्पताल, होटल तथा रेस्टुराँ, डिपार्टमेन्ट स्टोरलगायतमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ ।

देशभर यस बैंकका ३१९ शाखा कार्यालय, ४५४ एटिएम, १०७ वटा एक्सटेन्सन काउन्टर र ६० वटा शाखारहित बैंकिङ इकाइ छन् ।

प्रकाशित समय १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु