fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ प्रतिएमबी ५ पैसामै टेलिकमको डाटा प्याक

प्रतिएमबी ५ पैसामै टेलिकमको डाटा प्याक

nepal-telecom-newskarobar

नेपाल टेलिकमले ५ पैसामै ३० जीबी र ६० जीबीको लार्ज डाटा प्याक उपलब्ध गराएको छ । यो प्याक एकपटक लिएपछि लामो समयसम्म चलाउन सकिने र तुलनात्मक रुपमा निकै सस्तो पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराएको छ । ३० जीबीको प्याक आवश्यकताअनुसार ९० दिनसम्म चलाउन सकिन्छ । यस प्याकको मूल्य करसहित १ हजार ६ सय रुपैयाँ छ । त्यसैगरी ६० जीबी प्याक १८० दिनसम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य करसहित ३ हजार रुपैयाँ छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउँदा प्रतिएमबी करिब ५ पैसामात्र खर्च लाग्ने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १६:३२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु