fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ नेप्से ६९ अंकले बढ्यो, ३ अर्ब ६० करोडको कीर्तिमानी कारोबार

नेप्से ६९ अंकले बढ्यो, ३ अर्ब ६० करोडको कीर्तिमानी कारोबार

सेयर बजार परिसूचक नेप्से ६९ अंकले बढ्दा ३ अर्ब ६० करोड ८५ लाखको कीर्तिमानी कारोबार भएको छ । नेपालको सेयर बजार इतिहासमा बिहीबार सर्वाधिक २ अर्ब ७८ करोडको सेयर कारोबार भएको थियो । आइतबारको कारोबार सर्वाधिक हो ।

आइतबार परिसूचक ६९.५६ अंकले बढ्दा नेप्से १५०४.१४ अंकमा पुगेको छ । १७८ कम्पनीको ८७ लाख ६९ हजार ५२२ कित्ता सेयर किनबेच हुँदा बैंक र व्यापार समूह उच्च  बढेका छन् । बैंक ७.१५ र व्यापार समूह ८.२५ अंकले बढेका हुन् । एनएमबी बैंकको सर्वाधिक १२ करोड ५६ लाखको कारोबार भएको छ । त्यस्तै उच्च कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ११ करोड ८२ लाख, शिखर इन्स्योरेन्स १० करोड ३७ लाख र हिमालयन डिस्टिलरी १० करोड ३४ लाख छन् ।

आइतबार १२ कम्पनीको ९ प्रतिशतभन्दा धेरैले मूल्य बढेको छ । फर्स्ट माइक्रोफाइनान्स, एनएमबी बैंक, स्वदेशी लघुवित्त, कालिका लघुवित्त, मेघा बैंक, आरएसडिसी लघुवित्त, एभरेस्ट बैंक (परिवर्तनीय प्राथमिक सेयर), नेपाल एसबिआइ बैंक, आइसिएफसी फाइनान्स, साल्ट ट्रेडिङ कर्पोरेसन, रिलायन्स फाइनान्स र सानिमा बैंकको सेयर करिब १० प्रतिशत बढेको हो ।

प्रकाशित समय १६:२८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु