fbpx
corona information

गृहपृष्ठ ‘सम्पत्ति शुद्धीकरण निर्देशिकाविपरीत जाने सहकारीलाई कारबाही हुन्छ’

‘सम्पत्ति शुद्धीकरण निर्देशिकाविपरीत जाने सहकारीलाई कारबाही हुन्छ’

सहाकारी संस्थाहरु निर्देशिकाभन्दा बाहिर गएमा सबैलाई कारबाहीको दायरामा ल्याउने सहकारी विभागका रजिष्टार टोकराज पाण्डेले बताएका छन् । आइतबार आयोजित कार्यक्रममा रजिष्टार पाण्डेले सो कुरा बताएका हुन् ।

ठूलो कारोबार हुने संस्था भएकाले सहकारीहरु जोखिमयुक्त रहेको उनको भनाइ छ । ‘यस विषयमा विभागले सबैलाई सचेत गराएको छ । केही संस्थामाथि छानविन गरिसकेको छ,’ उनले भने । निर्देशिकाबाहिर गएमा सहकारीलाई १० लाखदेखि ५ करोड रुपैयाँसम्म जरिवाना र १० वर्ष सम्म कैद हुने प्रावधान छ ।

सम्पत्ति शुद्धीकरण अन्तर्राष्ट्रिय दायित्व भएकाले कुनै पनि वित्तीय संस्थाले ज्ञान छैन भनेर सजायमा छुट नपाउने हुँदा निर्देशिका पालन गर्न उनले सबैलाई आग्रह गरे । पछिल्लो अवधिामा केही संस्थालाई कारबाही गरेको, केहीलाई स्पष्टीकरण लिएको उनले जानकारी गराए ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सम्पत्ति शुद्धीकरणका लागि कानुनी दायराभन्दा बाहिर रहेका सहकारीलाई कारबाही गर्न विभागले सरकार र सम्बन्धित निकायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘सहकारी संस्थामा जसरी अहिले कालो धन छ भनेर हल्ला छ, यस विषयको वास्तविकता पत्ता लगाउन आवश्यक छ । र यदि सही भएमा कारबाही पनि गरिनुपर्छ,’ उनले भने, ‘ऐनको पालना गरेर संस्थाहरु अगाडि बढ्नुपर्छ, सहकारीका कार्य चुस्त बनाउनुपर्छ ।’

सम्पत्ति शुद्धीकरणको सम्पूर्ण नेतृत्व सम्पत्ति शुद्धीकरणको मात्र नभएर सहकारी संस्था, सहकारी विभाग, सरकार लगायत सम्बन्धित क्षेत्रको पनि भएको विभागके निर्देशक रुपनारायण भट्टराईले बताए । उनले सम्पूर्ण नेतृत्व विभागले गर्छ भन्ने गलत बुझाईबाट स्पष्ट हुन आग्रह गरेका छन् ।

‘जसले सहकारी सञ्चालन गर्छ, त्यसले नै सम्पूर्ण कुरामा अग्रसर हुनपर्छ,’ उनले भने, ‘सहकारी आफँैले आवश्यक कुरा जुटाउनुपर्छ, हामी विभागसँग समन्वय गर्न सक्छौँ, तर कानुनअनुसार नै सूचक संस्थामा जान सक्दैनौँ ।’ उनका अनुसार विभागले के-कस्ता अपराधहरु भइरहेका छन् भनेर अनुगमन मात्र गर्छ । विभागले प्राविधिक सहयोग गरे पनि अन्य कुरामा सहकारी आफैँ सक्षम हुनुपर्ने उनले बताए ।

प्रकाशित समय १९:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु