fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ एभरेष्ट बैंकद्वारा अपांगमैत्री सार्वजनिक शौचालय निर्माण

एभरेष्ट बैंकद्वारा अपांगमैत्री सार्वजनिक शौचालय निर्माण

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अपांगमैत्री सार्वजनिक शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमतर्फ छक्कुबक्कु मन्दिरनजिकै अपांगमैत्री सार्वजनिक शौचालय निर्माण गरी काठमाडौं महानगरपालिका १० लाई हस्तान्तरण गरेको हो ।

महानगरपालिकाका प्रतिनिधि, वडा नम्बर १० का सदस्यहरु, सर्वसाधारणलगायतको उपस्थितिमा बैंकको सिएसआर कमिटीका सदस्य डा. गणेश गुरुङ र बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्माले संयुक्त रुपमा काठमाडौं १० का अध्यक्ष रामकुमार केसीलाई सार्वजनिक शौचालय हस्तान्तरण गरेका छन् ।

यससँगै बैंकले यो वर्षमात्रै १४ वटा सार्वजनिक शौचालय निर्माण गरी हस्तान्तरण गरेको जनाएको छ । बैंकले शौचालयका साथै त्यहाँ रहेको पार्क र चौतारी संरक्षणमा पनि सहयोग गरेको छ ।

एभरेष्ट बैंक हालैमात्र बेस्ट म्यानेज्ड कमर्सियल बैंक २०१९ बाट सम्मानित हुनुका साथै क्यामेल्स रेटिङअन्तर्गत बेस्ट रेटेड कमर्सियल बैंक बन्न सफल भएको छ । बैंकले देशभरका ९५ शाखा, ३ एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर र १२२ एटिएमबाट सेवा प्रदान गदै आएको छ ।

प्रकाशित समय २१:३२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु