fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’को रुपमा रामचन्द्र संघईलाई सम्मान

‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’को रुपमा रामचन्द्र संघईलाई सम्मान

एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु–याए वापत नेपाल सरकारको ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (Commercially Important Person-CIP) सम्मानबाट विभूषित भएका छन् ।

सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान हो । नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलबार आयोजना गरेको एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघईलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरि सम्मान प्रदान गरेका हुन्

उनी अध्यक्ष रहेको त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि. (बारा) नेपालबाट तेस्रो मुलुकमा सबैभन्दा बढी रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट उनलाई नेपाल सरकारले विभूषित गरेको हो ।

बैंकका सञ्चालक रामचन्द्र संघई सम्मानित भएको यस शुखद् अवसरमा समस्त बैंक परिवार उनलाई हार्दिक बधाइ ज्ञापन गर्नुका साथै आगामी दिनहरुमा यस्तै कामका लागि उनलाई थप प्रेरणा मिलोस् भन्ने बैंक परिवारले शुभकामना व्यक्त गरेको छ ।

यस प्रकारको सम्मानबाट विभूषित हुनुहुने “महत्वपूर्ण व्यावसायिक व्यक्ति” हरुले नेपाल सरकारको तर्फबाट विभिन्न सुबिधाहरुका साथै विमानस्थलमा भिआईपी कक्षको सुविधा, उद्योग वाणिज्यसँग सम्बन्धित सबै समारोहहरुमा प्राथमिकताका साथ आमन्त्रण र आसन ग्रहणको व्यवस्थालगायत विदेशमा हुने व्यापारिक तथा औद्योगिक मेला एवं प्रदर्शनीहरुमा प्रतिनिधित्व गर्न प्राथमिकता पाउने व्यवस्थाले सम्मानित व्यक्तित्वहरुमा थप सकारात्मक उर्जा प्रदान हुने विश्वास लिएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिरनाथ पाण्डेले जानकारी दिए ।

प्रकाशित समय १०:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु