fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ बुधबार सर्वाधिक कमाउने यी हुन् १० कम्पनी

बुधबार सर्वाधिक कमाउने यी हुन् १० कम्पनी

सेयर बजार परिसूचक नेप्से ४.६ अंकले बढ्दा सेन्ट्रल फाइनान्स, गुराँस लघुवित्त र स्पर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेको छ । स्वदेशी लघुवित्त र कालिका पावर कम्पनीको सेयर मूल्य ८ प्रतिशत बढेको छ भने ग्रिन डेभलपमेन्ट बैंक, लक्ष्मी लघुवित्त र नागरिक लगानी कोषको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । सर्वाधिक कमाउने १० कम्पनीको सूचीमा साना किसान विकास बैंक र नेपाल हाइड्रो डेभलपर्स लिमिटेड पनि परेका छन् ।

बैंक, विकास बैंक र जलविद्युतबाहेकका सबै समूह उकालो लागेपछि बजार सकारात्मक बनेको हो । बुधबार १७३ कम्पनीको ३९ लाख ८६ हजार ७९६ कित्ता सेयर १ अर्ब ५० करोड ९७ लाख रूपैयाँबराबरमा किनबेच भयो । यो रकम मंगलबारको तुलनामा ४ करोड कम हो । मंगलबार नेप्से १७ अंकले बढ्दा १ अर्ब ५४ करोडबराबरको सेयर किनबेच भएको थियो ।

बुधबार नागरिक लगानी कोष, शिवम सिमेन्ट, एनआइसी एसिया, स्वरोजगार लघुवित्त र एनएमबी बैंकको सर्वाधिक मूल्यको सेयर किनबेच भयो ।

प्रकाशित समय १५:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु