fbpx
corona information

गृहपृष्ठ एलआईसी नेपालको बिमा शुल्क ७ अर्ब ६९ करोड, बिमा कोषमा २५ प्रतिशत वृद्धि

एलआईसी नेपालको बिमा शुल्क ७ अर्ब ६९ करोड, बिमा कोषमा २५ प्रतिशत वृद्धि

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ अर्ब ६९ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । कम्पनीको बुधबार जारी वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा बिमा शुल्क ३२ प्रतिशत बढेको हो । गत वर्ष समीक्षा अवधिमा कम्पनीको कुल बिमा शुल्क ५ अर्ब ८१ करोड थियो ।

कम्पनीले जीवन बिमा कोष पनि उल्लेख्य बढाएको छ । जीवन बिमा कम्पनीहरुको महत्वपूर्ण कोषको रुपमा लिइने जीवन बिमा कोष कम्पनीले २५ प्रतिशत बढाएको हो । गत आर्थिक वर्षको ६ महिनामा ४८ अर्ब ६८ करोड रुपैयाँ रहेको जीवन बिमा कोषमा अहिले ६१ अर्ब ९ करोड रुपैयाँ छ ।

साउनदेखि पुससम्ममा कम्पनीले ७ करोड ६८ लाख खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७ प्रतिशत बढी हो । गत वर्षको पहिलो ६ महिनामा कम्पनीको नाफा ७ करोड १७ लाख रुपैयाँ थियो । जीवन बिमा कम्पनीहरूको वास्तविक नाफा भने एक्चुअरीपछि मात्रा थाहा हुन्छ ।

दुई अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एलआइसी नेपालको सञ्चित कोषमा ४७ करोड ५३ लाख रुपैयाँ छ । सञ्चित कोष भने गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा गत वर्ष कम्पनीको  जगेडा कोषमा ५४  करोड ८१ लाख रुपैयाँ थियो ।

हालसम्म कम्पनीबाट ७ लाख ५१ हजार ५०३ वटा बिमालेख जारी भएको छ । एलआइसी नेपालको वार्षिक प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ६५ पैसा मात्र छ ।

यो पनि पढ्नुहोस्

एलआइसीमा लगानी ‘आइपीओ अफ द डिकेड’

 

प्रकाशित समय ११:४८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु