गृहपृष्ठ सिटिजन लाइफको नाफा १० करोड, बिमा शुल्कमा दोब्बर वृद्धि

सिटिजन लाइफको नाफा १० करोड, बिमा शुल्कमा दोब्बर वृद्धि

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी चालू आर्थिक वर्षको ६ महिनामा १० करोड खुद नाफा गरेको छ भने बिमा शुल्कमा करिब दोब्बर वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको साउनदेखि पुससम्मको वित्तीय विवरणअनुसार ८० करोड ८८ लाख ९ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन भएको हो । यो बिमा शुल्क गत आवको सोही अवधिको तुलनामा ९१ प्रतिशत धेरै हो । कम्पनीले समीक्षा अवधिमा ४२ करोड ३४ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको थियो ।

दोस्रो त्रैमाससम्ममा सिटिजन लाइफले १० करोड ३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ७ करोड १ लाख रुपैयाँ थियो । कम्पनीको नाफा ४२ प्रतिशतले बढेको हो । दोस्रो त्रैमाससम्ममा कम्पनीमा १२ हजार ७९८ वटा बिमालेख जारी भएका छन् ।

त्यस्तै पुस मसान्तसम्ममा कम्पनीले ५ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो दाबी भुक्तानी रकम १८३ प्रतिशत बढी हो । समीक्षा अवधिमा कम्पनीले १ करोड ८६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो ।

एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन लाइफ कम्पनीको सञ्चित कोषमा ४२ करोड १ लाख ३० हजार रुपैयाँ छ भने जीवन बिमा कोषमा १ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ ।

प्रकाशित समय २०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु