गृहपृष्ठ नेपाल एयरलाइन्सको नारिता उडान फागुन १९ देखि, भाडा ३७ हजार

नेपाल एयरलाइन्सको नारिता उडान फागुन १९ देखि, भाडा ३७ हजार

makalu-widebody-newskarobar

नेपाल वायुसेवा निगमले फागुन १९ देखि जापानको नारितामा हप्ताको तीन दिन उडान भर्ने भएको छ । एयरबस वाइडबडीबाट गरिने सीधा उडान सोमबार, बुधबार र शुक्रबार हुनेछ । बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने सो विमान सोही दिन अपराह्न ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्नेछ ।

हालका लागि प्रवर्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी ७३ हजार निर्धारण गरिएको निगमले जनाएको छ । साथै, बिजनेस क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २५/२५ किलोका दुईवटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ किलोका दुईवटा ब्यागेजको सुविधा पाउने विज्ञप्तिम उल्लेख छ ।

प्रकाशित समय ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु