fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ साताको सेयर : बजार असन्तुलित देखिँदा नेप्से ओरालो, कारोबार रकम भने वृद्धि

साताको सेयर : बजार असन्तुलित देखिँदा नेप्से ओरालो, कारोबार रकम भने वृद्धि

धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो । कूल १७७ कम्पनीका एक करोड ११ लाख छ हजार ३५३ कित्ता सेयर रु सात अर्ब ३९ करोड १७ लाख दुई हजार ५१० मूल्यमा खरिदविक्री भए ।

बजार असन्तुलित देखिँदा नेप्से ओरालो लागे पनि कारोबार रकममा भने वृद्धि भएको छ । साताको पहिलो दिन नेप्से परिसूचक उकालो लाग्यो । उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेर नेप्से परिसूचक २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुग्यो ।

नेप्सेले उकालो यात्रा तय गर्दा कारोबार रकम भने रु दुई अर्बमाथि नाघ्यो । कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता सेयर रु दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा खरिदविक्री भए ।

सोमबार नेप्से परिसूचक वृद्धि भयो । त्यसदिन नेप्से २.४९ अंकले बढेर एक हजार ३४९.१३ मा पुग्यो । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने डेढ अर्ब नाघेको थियो । कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता सेयर रु एक अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ मा खरिदविक्री भए ।

मंगलबार नेप्से परिसूचक १२.०९ अंकले घटेर एक हजार ३३७.०४ मा झर्‍यो । नेप्से ओरालो लागे पनि कारोबार रकम भने डेढ अर्बमाथि रहेको छ । कूल १७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता सेयर रु एक अर्ब ५७ करोड एक लाख ६६ हजार १६३ मूल्यमा खरिदविक्री भए ।

बुधबार नेप्सेमा सामान्य वृद्धि भयो । नेप्से ५.३१ अंकले बढेर एक हजार ३४२.३६ मा पुगेको छ । परिसूचक वृद्धि भए पनि कारोबार रकम एक अर्बमै सीमित भएको छ । आज कूल १७७ कम्पनीका ३२ लाख ६० हजार १९८ कित्ता सेयर रु एक अर्ब आठ करोड २४ लाख ८३ हजार ९०९ मा खरिदविक्री भयो ।

यस्तै बिहीबार भने सेयर बजार पुन:ओरालो लाग्यो । नेप्से ८.६७ अंकले घटेर एक हजार ३३३.६९ मा झर्‍यो । कूल १७५ कम्पनीको २८ लाख एक हजार ८०३ कित्ता सेयर रु एक अर्ब चार करोड ९३ लाख ४५ हजार ४३६ मूल्यमा खरिदविक्री भए ।

प्रकाशित समय १६:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु