fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ बिमा र व्यवसायबीच अन्तरसम्बन्ध  : अर्थमन्त्री

बिमा र व्यवसायबीच अन्तरसम्बन्ध  : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले बिमा र व्यवसायबीच अन्तरसम्बन्ध रहेकाले दुवै क्षेत्रको विकासका लागि सरकार लागिपरेको बताएका छन् । राजधानीमा शुक्रबार आयोजित ‘नेपाल बिमा समिट २०२०’ का अवसरमा उनले भने, ‘बिमा र व्यवसाय दुवै असल मित्र हुन्, बिमाले व्यावसायिक वातावरणमात्र बनाउँदैन, व्यवसायमा अवसर पनि सिर्जना गर्छ ।’

बिमामा चुनौती पनि धेरै रहेको र बिमाकै कारण अनेकन् अवसर सिर्जना हुने उनको भनाइ छ । अर्थमन्त्रीले नेपालको बिमा क्षेत्र विस्तारै आधुनिक हुँदै गएको पनि टिप्पणी गरेका छन् । ‘असल खालका बिमा कम्पनी जति धेरै हुन्छन्, त्यति यो क्षेत्र व्यावसायिक र आधुनिक बन्दै जानेछ,’ उनले भने । स्वस्थ्य बिमामा बढीभन्दा बढी सर्वसाधारणलाई सहभागी गराउने लक्ष्यमा सरकार रहेको उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नियमनकारी निकायले बिमा क्षेत्रको विकासका लागि धेरै काम गर्न बाँकी रहेको बताए । ‘बिमाले व्यवसायको लागत घटाउँछ, बजार विस्तार गर्छ,’ उनले भने, ‘त्यसकारण हरेक व्यवसायलाई बिमासँग जोड्नुपर्छ ।’ स्वास्थ्य बिमामा धैरैभन्दा धैरै मानिसलाई समावेश गराउन कम गतमा बिमाको गर्ने व्यवस्था गनुपर्ने उनको राय छ ।

प्रकाशित समय १७:२३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु