fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ प्रणय दिवसमा एनसेलको अफर, सय रुपैयाँमा ७ सय मिनेट टक टाइम

प्रणय दिवसमा एनसेलको अफर, सय रुपैयाँमा ७ सय मिनेट टक टाइम

ncell_logo-newskarobar

एनसेलले भ्यालेन्टाइन डे (प्रणय दिवस)लाई लक्षित गरी केही विशेस अफर सार्वजनिक गरेको छ । कम्पनीले प्रिपेड ग्राहकका लागि प्रणय दिवसको पहिलो दिन रोज डे देखि लागू हुने गरी भ्यालेन्टाइन अफर सार्वजनिक गरेको हो ।

कम्पनीले ‘अझै नजिकिन्छ सम्वन्ध’ योजनाअन्तर्गत करसहित एक सय रुपैयाँमा ७ सय मिनेट टक टाइमको साप्ताहिक भ्वाइस प्याक दिने भएको छ । शुक्रबारदेखि सुरु भएको यो सुविधा तीन महिनासम्म लागू हुनेछ ।

भ्यालेन्टाइन अफरअनुसार ग्राहकले करसहित १८ पैसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन् । यो अफर लिन एस्ट्रिक १७११८ एस्ट्रिक २ एस्ट्रिक ३ ह्यास डायल गर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित समय ११:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु