fbpx
corona information

गृहपृष्ठ भोजपुरका एकै कृषकले बेच्छन् एक करोडका सुन्तला

भोजपुरका एकै कृषकले बेच्छन् एक करोडका सुन्तला

भोजपुरका गाउँहरु सडक सञ्जालमा जोडिएसँगै सुन्तला बेचेर एकै कृषकले एकै कृषकले सुन्तला बेचर एक करोड रुपैयाँसम्म कमाउन थालेका छन् । भोजपुरमा सडक सञ्जालको पहुँच बढेसँगै ग्रामीण क्षेत्रमा उत्पादन भएको सुन्तला जिल्लाका विभिन्न बजारमा मात्र होइन, तराईका जिल्लासम्म पुग्न थालेको हो ।

सुन्तला निकासी हुन थालेपछि पहिला बारीमै कुहिने गरेको सुन्तलाबाट कृषकले मनग्य आम्दानी गर्न थालेका छन् । सडक विस्तारसँगै भोजपुरको सुन्तला धनकुटा, हिले, धरानलगायतका पूर्वी क्षेत्रका बजारमा बिक्री तथा कोसेलीको रूपमा जाने गरेको छ ।

भोजपुर जिल्ला तराईसँग सडक सञ्जालमा जोडिएपछि भोजपुरमा सुन्तलाको मूल्यसमेत वृद्धि भएको र केही समयमा अझै बढ्ने व्यवसायी बताउँछन । भोजपुरमा लाग्ने शनिबार र बुधबारे हाटबजारका साथै सदरमुकामका चोकहरुमा पनि सुन्तला बिक्रीका लागि ल्याउने गरिएको छ ।

भोजपुरका अरूण गाउँपालिकाको याङ्पाङ्, षडानन्द नगरपालिकाको कुदाकाउले, साङपाङ, देउराली, भोजपुर नगरपालिकाका दाँवा, टेम्के मयुम गाउँपालिकाको छिनामखु, अन्नपूर्ण, कोट र गोगनेलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको भोजपुरका सुन्तला व्यवसायी ज्ञान कार्कीले बताए ।

सामान्य सुन्तलाखेती गर्दै आएका भोजपुरका कृषक राम्रो आम्दानी हुन थालेपछि थप बिरुवा लगाएर व्यावसायिक बन्न थालेका छन् । सुन्तला बेचेर एकै कृषकले १ करोड रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । गाउँगाउँसम्म सडकको पहुँच पुगेपछि सुन्तला बेच्न बाहिर जानुपर्ने स्थिति पनि छैन । व्यापारीले बोटमै भाउ गरेर तराईका जिल्लामा निकासी गर्ने गरेको कृषक बताउँछन् ।

सुन्तला टिप्ने सिजनमा सुन्तला टिप्न र बोक्नुका साथै ढुवानी गर्ने ठाउँसम्म पुयाउनका लागि स्थानीयले रोजगारी पाएका छन् । भोजपुरको सुन्तला उत्पादन र सुन्तला व्यवसाय राम्रो भएकाले अझ विस्तार गर्दै कृषकलाई व्यावसायिक बनाउन सरकारी निकाय र भोजपुरका नौ वटै स्थानीय तहले प्रभावकारी योजना बनाउनुपर्ने सरोकारवाला बताउँछन् ।

प्रकाशित समय ०७:१७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु