fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ बैंकर संघको असहमतिबीच सिभिल बैंक सामाजिक सुरक्षा कोषमा आबद्ध

बैंकर संघको असहमतिबीच सिभिल बैंक सामाजिक सुरक्षा कोषमा आबद्ध

नेपाल बैंकर संघले आधिकारिक रुपमै करको विषयमा असहमति जनाएर सामाजिक सुरक्षा कोषमा आबद्ध हुन नमानिरहेका बेला सिभिल बैंक आबद्ध भएको छ । विवादअघि लक्ष्मी, प्राइम, प्रभु, मेगा र ग्लोबल आइएमइ बैंक कोषमा आबद्ध भएकोमा सिभिल बैंकले विवादका बीच कोषमा आबद्धता जनाएको हो ।

विवादयता दोहोरो कर छुटको माग राख्दै कुनै पनि बैंक कोषमा आबद्ध हुन मानिरहेका थिएनन् । सिभिल बैंक आइतबारमात्रै आबद्ध भएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए । ‘सिभिल बैंक आज कोषमा आबद्ध भएको छ,’ उनले भने, ‘बैंकरले राखेका केही माग सम्बोधन हुने क्रममा छ, त्यहाँबाट निर्णय हुनासाथ सबै आउनेछन् । ‘

बैंकबाहेक ठूला व्यावसायिक घरानाहरु चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल, शिवम सिमेन्ट, युनिलिभरलगायत कम्पनी कोषमा दर्ता भइसकेका छन् । त्यस्तै नेपाल मेडिकल कलेज, किरण सुज (गोल्ड स्टार), सोल्टी होटल, मेरियट होटल र शंकर ग्रुप पनि कम्पनी पनि आबद्ध भएका छन् ।

सामाजिक सुरक्षा कार्यक्रममा हालसम्म एक लाख ४१ हजार ६०० जना श्रमिक तथा कर्मचारी आबद्ध भएका छन् । त्यस्तै कुल १२ हजारभन्दा बढी रोजगारदाता संस्था आबद्ध भएको कोषले जनाएको छ । अहिलेसम्म कोषमा ४७ करोड रुपैयाँ कोषमा जम्मा भइसकेको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए ।

प्रकाशित समय १४:१८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु