fbpx
corona information

गृहपृष्ठ बुद्ध एयरको नयाँ गन्तव्य राजविराज

बुद्ध एयरको नयाँ गन्तव्य राजविराज

बुद्ध एयरले आगामी  शनिबारदेखि सप्तरीको राजविराजमा दैनिक उडान गर्ने भएको छ । उडानको समय काठमाडौंबाट ११:२५ र राजविराजबाट १२:२० राखिएको छ । उडान अवधि झण्डै ३५ मिनेटको हुनेछ ।

यो उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई सुविधा पुग्नेछ । दैनिक उडानले पर्यटन पर्वद्धनका साथै ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई पनि टेवा पुग्ने तथा पर्यटकको आउजाउसँगै स्थानीय स्तरमा रोजगारीको साथै आर्थिक वृद्धि हुने बुद्ध एयरको विश्वास छ ।

राजविराज उडानले सीमापारिका सहरसा, सुपौल, निर्मली, बीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडीया, लौकहालाई पनि सजिलैसँग जोड्न सकिन्छ । यसबाट दुवै देशका पर्यटकहरुलाई पनि फाइदा पुग्नेछ ।

प्रकाशित समय १२:१६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु